१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

मेयरज्यू ! बाटो कहिले बन्छ ?

मेयरज्यू ! बाटो कहिले बन्छ ?
अ अ+ अ-

बागलुङ । गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।

नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो । सडक सुधारका लागि नगरप्रमुखसहित सरोकार भएकाको ध्यान खिच्न स्थानीयवासीले सडक बन्दको सहारा लिएका थिए । 

नगरप्रमुख गैरे अबेरसम्म नआएपछि वडा नं ६ का वडाध्यक्ष नरबहादुर खत्री र ३ का वीरजङ्ग भण्डारीलगायतसँग स्थानीयवासीले आक्रोश पोखे  । जनताको मतबाट चुनिएका नगरप्रमुखले स्थानीयवासीको समस्यालाई अनदेखा गर्न नमिल्ने आवाज उठ्यो । स्थानीय नौबीसे टोलका महिलाले सडक स्तरवृद्धि नहुँदा वर्षात्मा हिलो र हिउँदमा धुलो सहनुपर्दाको पीडा सुनाए । विरोधको नेतृत्व गरिरहेका युवाहरु र जनप्रतिनिधिबीच केहीबेर सवालजवाफ नै चल्यो । यातायात सञ्चालनमा अवरोध सिर्जना भएपछि प्रहरी पनि त्यहाँ आइपुग्यो । 

प्रहरीले सडक बन्द गर्नु कानुनविपरीत हुने जनाउँदै अवरोध खोल्न कोसिस ग¥यो । युवाहरुले मानेनन् । नगरप्रमुख आएर सडक बनाउने प्रतिबद्धता नगरुञ्जेलसम्म विरोध जारी राख्ने अड्डी कसे । अन्ततः नगरप्रमुख गैरेले स्थानीयवासीको विरोधलाई छल्न सक्नुभएन । उहाँ आएपछि जनप्रतिनिधि, ठेकेदार र स्थानीयवासीबीच छलफल भएपछि वातावरण केही सङ्लियो । उक्त सडक यथाशीघ्र ममर्त, सुधार र दशैँपछि स्तरोन्नति नै गर्ने प्रतिबद्धता आएपछि स्थानीयवासी सडकको अवरोध हटाउन तयार भए ।

अपरान्ह ४ बजेतिर बल्ल सडकको अवरोध हट्यो । यसअघि ‘मेयरज्यू बाटो कहिले बन्छ रु’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गर्दै स्थानीयवासी विरोधमा निस्केका थिए । सडकमा गरालो तेर्साएर उनीहरुले यातायात सञ्चालनमा रोक लगाएका थिए । विरोध कार्यक्रमको अगुवाइ गर्ने युवामध्येका बेन सुनारले नगरपालिका, स्थानीय प्रशासन र सडक निर्माण कम्पनीको ध्यानाकर्षण गराउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

“सुरुमा हामी युवाहरु निस्कियौँ, पछि स्वतःस्फूर्तरूपमा स्थानीयवासी जुट्नुभयो”, उहाँले भन्नुभयो, “वर्षौँसम्म पनि सडकको बेहाल भएपछि विरोध गर्नुपरेको हो, त्यो हाम्रो बाध्यता थियो ।” नगरपालिकाको केन्द्र जोड्ने सडक नै स्तरहीन हुनु दुःखद् रहेको स्थानीयवासीको गुनासो छ । उक्त सडक भएर यातायातका साधन मात्र होइन, विद्यार्थीदेखि बटुवासम्मले जोखिम मोलेर पैदल हिँड्नुपर्ने स्थिति छ ।

वडा नं ३ को हटिया बजार कटेपछि नगरपालिकाको केन्द्र पुग्ने उक्त सडकको सामान्य मर्मतसमेत नहुँदा सर्वसाधारणमा आक्रोश बढेको हो । वर्षायाममा त सडक हिलाम्मे भइ क्षतविक्षत नै हुने गरेको छ । सो सडक हटियादेखि, हरिचौर–ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक अन्तर्गत पर्छ । 

स्थानीयवासीको विरोध र दबाबपछि सडक निर्माणको जिम्मा लिएको एपेक्स खड्का कृष्ण जेभी काठमाडौँका प्रतिनिधि, नगरप्रमुख र उपभोक्ताबीच छलफल गरेर समाधान निकालिएको वडाध्यक्ष खत्रीले बताउनुभयो । 

उहाँका अनुसार तत्काललाई गिट्टीरोडा बिछ्याउने, खाल्डाखुल्डी पुर्ने काम भएको छ । “दशैँपछि ठेकेदार कम्पनीले सडक स्तरवृद्धि गर्ने प्रतिबद्धता जनाइसकेको छ, अहिलेलाई स्थानीय युवाहरुकै पहलमा सडकको सामान्य मर्मत सुधार भएको छ, त्यो बापतको भुक्तानी नगरपालिकाले व्यहोर्छ ।”

वडाध्यक्ष खत्रीले सडक बिग्रेर सास्ती दिन थालेपछि दशैँअगावै मर्मतका लागि नगरपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीले पनि झक्झक्याउनुभयो, यसलाई अन्यथा लिएका छैनौँ, बरु, सडक बन्द नगरी अन्य विकल्प अपनाएर विरोध जनाएको भए हुन्थ्यो भन्ने हाम्रो सुझाव रह्यो ।”

ठेकेदार कम्पनीले विसं २०७८ कात्तिकभित्रमा काम सक्ने गरी रु २४ करोड ७८ लाख ८४ हजारमा सो सडक बनाउने जिम्मा पाएको थियो । निर्माण कम्पनीले सडक स्तरोन्नतिको कामलाई गति नदिए पुनः विरोधमा उत्रने स्थानीयवासीले बताएका छन् । (रासस, रामबहादुरथापा)