• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

कांग्रेसले बनायो नागेश कोइरालालाई विराटनगरको प्रमुखमा उम्मेदवार



काठमाडौँ । नेपाली कांग्रसेले विराटनगर महानगरपालिकाको प्रमुख पदमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस नेता डा शेखर कोइराला निकट नागेशलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुखको टिकट दिएका हुन् ।

विराटनगर प्रमुखको उम्मेदवारका लागि वर्तमान महानगर प्रमुख भीम पराजुली, केन्द्रीय सदस्यद्वय अमृत अर्याल र डिला संग्रौलाको दावेदारी रहेको थियो ।

अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुली कृष्ण सिटौला निकट मानिन्छन् ।