१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

उत्तर कोरियासँग कस्ता र कति हतियार छन् ? जान्नुहोस्

उत्तर कोरियासँग कस्ता र कति हतियार छन् ? जान्नुहोस्
अ अ+ अ-

हालैका क्षेप्यास्त्र परीक्षणहरूले उत्तर कोरियाले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ। उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न अस्त्र विकास आवश्यक भएको बताउँछ। उत्तर कोरियाले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ।

ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजनाअन्तर्गत तयार गरिएका 'महत्त्वपूर्ण पाँच हतियारु प्रणालीमध्ये एक भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो।

यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो। ज्यानुअरीमा उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो जसलाई उसले विश्वको सबैभन्दा शक्तिशाली अस्त्र दाबी गरेको थियो।

सो हतियारको क्षमता अज्ञात छ र त्यो परीक्षण गरिएको वा नगरिएको भन्ने स्पष्ट छैन। उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नो देशको पारमाणविक अस्त्र र सैन्य क्षमता बढाउने बताएका छन्। आर्थिक नाकाबन्दीका बीचमा पनि उत्तर कोरियाले आफ्नो अस्त्र क्षमतामा उल्लेख्य वृद्धि गरेको छ।

अमेरिका पुग्ने क्षेप्यास्त्र
सन् २०१७ भरि उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रहरूले उनको सैन्य प्रविधिमा भएको विकास देखाएका थिए। ह्वासाङ-१२ क्षेप्यास्त्र ४,५०० किलोमिटर पर पुग्ने सोचिएको थियो जसले ग्वाम टापूमा रहेका अमेरिकी सैन्य आधार क्षेत्रसम्म मार हान्न सक्थ्यो।

पछि ह्वासाङ-१४ अझ शक्तिशाली भएको देखियो जसले ८,००० किलोमिटर मार हान्ने र अधिकतम १०,००० किलोमिटरसम्म पुग्ने बताइएको थियो। त्यो उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्र बन्यो जुन न्यूयोर्कसम्म पुग्न सक्छ।

ह्वासाङ-१५ परीक्षण गर्दा ४,५०० किलोमिटर माथि पुग्ने बताइयो। यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा माथि हो। जमिनमा प्रहार गर्दा यो १३,००० किलोमिटरसम्म पर पुग्न सक्छ जसको अर्थ अमेरिकाको कुनै पनि स्थानसम्म पुग्न सक्ने क्षमता हो।

सन् २०२० को अक्टोबरमा उत्तर कोरियाले बेनामी बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गर्‍यो। परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एकभन्दा बढी पारमाणविक अस्त्र बोक्न सक्ने बताइएको छ।

यसको ठूलो आकारले विज्ञहरूलाई समेत चकित पारेको थियो। मार्चमा उत्तर कोरियाले २,५०० किलो हतियार बोक्न सक्ने नयाँ क्षेप्यास्त्र बनाएको बतायो। यसको अर्थ यसले पारमाणविक हतियार बोक्न सक्छ भन्ने हुन्छ।

हालै परीक्षण गरिएको सीधा बाटो नजाने लामो दूरीका क्रूज क्षेप्यास्त्रले रक्षा प्रणालीलाई चुनौती थप्न सक्ने बताइएको छ। संयुक्त राष्ट्रसङ्घिय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रूज क्षेप्यास्त्र परीक्षण गर्न रोक लगाएको छैन। मङ्गलवार परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रको भने गति तीव्र छ।

थर्कोन्यूक्लीयर बमहरू
सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले हालसम्मकै आफ्नो सबैभन्दा ठूलो पारमाणविक परीक्षण गर्‍यो। सो उपकरणको विस्फोटन शक्ति १०० देखि ३७० किलोटनको रहेको छ। १०० किलोटनको बम हिरोशिमामा सन् १९४५ खसालिएको बमभन्दा छ गुणा शक्तिशाली हुन्छ।

उत्तर कोरियाले त्यसलाई आफ्नो पहिलो थर्मोन्यूक्लीयर हतियार परीक्षण भएको दाबी गरेको छ। थर्मोन्यूक्लीयर हतियारलाई परमाणुले विस्फोटन गरेपछि पुनः अर्को विस्फोटन गराई झन् ठूलो विस्फोट हुन बनाइन्छ।

सन् २०१८ को एप्रिलमा उत्तर कोरियाले आफ्नो क्षमता पुष्टि भएकोले पारमाणविक परीक्षण रोक्ने बताएको थियो। उसले आफ्नो परमाणु अस्त्र परीक्षण स्थल ध्वस्त पार्ने बताउँदै केही विदेशी पत्रकारको उपस्थितिमा केही पूर्वाधारहरू ध्वस्त बनाएको थियो। तर सो बेला अन्तर्राष्ट्रिय विज्ञहरू भने त्यहाँ उपस्थित थिएनन्।

सो वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सञ्चार सम्पर्कपछि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम चलाउने सबै पूर्वाधार बन्द गर्ने बताएको थियो। तर ट्रम्प र किम जङ-अनको वार्ता उपलब्धिमूलक भएन।

अगस्टमा संयुक्त राष्ट्रसङ्घीय इन्टर्न्याश्नल एटोमिक इनर्जी एजेन्सीले उत्तर कोरियाले परमाणु कार्यक्रम स्थल पुनः चलाउन थालेको बताएको थियो। सेप्टेम्बरमा उनले त्यहाँको पारमाणविक कार्यक्रम पूर्ण मात्रामा सञ्चालनमा रहेको बताएको थियो।

लाखौँ सैनिक
उत्तर कोरियाको विशाल सैनिक सङ्ख्या छ। त्यहाँ १० लाखभन्दा बढी सैनिक र थप छ लाख रिजर्भ सैनिक रहेका मानिन्छ। उसका धेरै अस्त्र पुराना र काम नलाग्ने भए पनि युद्धको अवस्थामा कुल छ लाख सेना रहेको दक्षिण कोरियालाई सङ्ख्याकै कारण ठूलो क्षति पुर्‍याउन सक्ने मानिन्छ।

अर्को खतरा सीमामा राखिएका ३१ हजारभन्दा बढी रकेट लन्चर जस्ता हतियार हुन् जसले ६० किलोमिटरको दूरीमा रहेका सोललाई खतरामा पार्न सक्छन्।

सन् २०१२ मा दक्षिण कोरियाले उत्तर कोरियासँग २,५०० देखि ५,००० टन रासायनिक हतियार रहेको अनुमान गरेको थियो जुन सम्भवतः संसारकै सबैभन्दा ठूलो मौज्दात हो। उत्तर कोरियामा जैविक हतियार कार्यक्रम पनि चलिरहेको हुन सक्ने बताइन्छ। (बीबीसी)