९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा एमाले साँसदहरुद्वारा नाराबाजी , अर्को बैठक असोज १९ गते बस्ने (भिडियो सहित)



अ+ अ-

काठमाडौं । आज बोलाईएको प्रतिनिधिसभाको बैठक असोज १९ गते दिउँसोको १ बजे बस्नेगरि स्थगित भएको छ । आजको बैठक पनि एमाले साँसदहरुद्वारा अवरोध गरिएको थियो । सभामुख अग्निप्रसाद सापकाटाले साँसदहरुलाई संसदीय मयार्दा पालन गर्दै आफ्नो स्थानमा बस्न एमाले साँसदहरुलाई आग्रह गरेका थिए तर पनि नाराबाजी शुरु भएको हो । 

बैठक आरम्भ भएलगत्तै एमाले साँसदहरु आफ्ना स्थानबाट उठेर रोस्टमतर्फ बढेका थिए । एमाले साँसदहरुले 'संसदीय मर्यादा पालन गर…, संवैधानिक सर्वोच्चता कायम गर…' भन्ने जस्ता नाराहरु लगाईरहेका थिए ।

यद्यपी सभामुख सापकाटाले नाराबाजीकै बिच राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाए । त्यस्तै आजको बैठकमा वार्षिक प्रतिवेदन पेशमा प्रधानमन्त्री श्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  'महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ ' पेश भएको छ ।