२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं किङ्स-११ माथी चितवन टाइगर्सको जित



अ+ अ-

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा काठमाडौं किङ्स–११ लाई चितवन टाइगर्सले ३ विकेटले हराएको छ । टस जितेर बलिङ रोजेको चितवनले काठमाडौंले दिएको १४२ रनको लक्ष्य अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा ईपिएल भईरहेको छ । 

चितवनको जितका लागि कमल सिंह ऐरी र राजेश पुलमी मगरले ८औं विकेटका लागि ४७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । त्यस्तै व्याटिङमा कारिम जनत १४ बलमा ३ चौका र १ छक्का सहित २१ रन, दलिप नाथले २६ बलमा ४ चौका र १ छक्कासहित २३ रन, र मोहमद साहजाद १३ बलमा १७ रन जोडेका हुन् ।

त्यस्तै आज नै ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडिएटर्स पनि भिड्दैछन् ।