२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं किङ्स-११ माथी चितवन टाइगर्सको जित



अ+ अ-

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा काठमाडौं किङ्स–११ लाई चितवन टाइगर्सले ३ विकेटले हराएको छ । टस जितेर बलिङ रोजेको चितवनले काठमाडौंले दिएको १४२ रनको लक्ष्य अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा ईपिएल भईरहेको छ । 

चितवनको जितका लागि कमल सिंह ऐरी र राजेश पुलमी मगरले ८औं विकेटका लागि ४७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । त्यस्तै व्याटिङमा कारिम जनत १४ बलमा ३ चौका र १ छक्का सहित २१ रन, दलिप नाथले २६ बलमा ४ चौका र १ छक्कासहित २३ रन, र मोहमद साहजाद १३ बलमा १७ रन जोडेका हुन् ।

त्यस्तै आज नै ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडिएटर्स पनि भिड्दैछन् ।