• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

विवेकशील साझा पार्टीबाट काठमाडौँ मेयर-उपमेयरमा मनोनयन दर्ता



काठमाडौँ । विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयर-उपमेयरमा उम्मेदवारी दर्ता भएको छ । मेयरका लागि सो पार्टीबाट समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन दर्ता गराउनुभएको हो ।

मेयर पदमा उम्मेदवारी दिएकी समीक्षा विवेकशील साझा बागमती प्रदेशकी पूर्वसंयोजक र हाल पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सदस्य हुन् । उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकी थिइन् ।

त्यस्तै उपमेयरमा उम्मेदवारी दिएकी कीर्ति पार्टीको केन्द्रीय सदस्य हुन् । उनी जेसीजको दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको पार्टीले जनाएको छ ।