• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

अधिकांश स्थानमा सत्ता गठबन्धनको उम्मेदवारी दर्ता सोमबार हुने



काठमाडौँ । आइतबार बिहान १० बजेदेखि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मुलुकभरका सबै ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरु गरेको छ ।

आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबार बेलुका ५ बजेसम्म समय तोकेको छ । सोमबारसम्म समय तोकिएकाले सत्तारुढ गठबन्धनले सोमबार नै उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ ।

सत्तारुढ गठबन्धनबीच ५० प्रतिशतभन्दा धेरै स्थानमा चुनावी तालमेल गरेर उम्मेदवारी दिने सहमति भएको बताइएको छ । तर कतिपय स्थानमा चुनावी तालमेलको खाका तयार नभइसकेकाले सोमबार चुनावी तालमेलसहित उम्मेदवारी दिन लागिएको छ ।

गठबन्धनको शनिबार बेलुका बसेको बैठकले आइतबार बेलुकासम्म कुन कुन स्थानमा तालमेल गर्ने भन्ने टुङ्गो लगाउने निर्णय गरेको थियो । आइतबार दिउँसो ३ बजे बस्ने गठबन्धनको बैठकले तालमेलको खाका कोरी उम्मेदवारको टुङ्गो लगाउने छ ।

सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको महानगरका अध्यक्ष र उपाध्यक्षका लागि नै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।