२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मनोनयन दर्ता, गठबन्धनले उम्मेदबार अझै छान्न सकेन



file
अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनको आज उम्मेदवारी दर्ता गर्ने दिन । तर सत्तारुढ गठबन्धन भने झन् भन्दा झन् बन्धनमा पर्दै गएको छ । यसबाट नेपाली कांग्रेसलाई सबेभन्दा बढी समस्या उत्पन्न भएको छ । किनभने आजका दिनसम्म पनि कांग्रेसले कहाँ, कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अहिलेसम्म पनि लगाउन सकेको छैन ।

महानगर र उपमहानगरपालिकामा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । तर तीन तहहरुमा माओवादी र नेकपा एसले उम्मेदबार नै टुंगो लगाएका भए पनि यता कांग्रेसले भने टुंगो लगाउन सकेको छैन ।

कांग्रेसको कार्यसम्पदन समितिको बैठक सरेको सर्यै छ । त्यसो त त्यो बैठक भन्दा अगावै सक्नुपर्ने काम पनि सकिएको छैन । जस्तै महानगर र उपमहानगरपालिकामा टुंगिएको भए पनि देशैभरिका पालिकाहरुमा के कसरी उम्मेदबार छान्ने भन्ने बारेको मोडालिटी अझै पनि टुंगो लागेको छैन ।
यता कांग्रेसको विधान हेर्ने हो भने कुनै पनि चुनावको कम्तीमा पनि महिना दिन अगावै उम्मेदवारको टुंगो लगाइसक्नुपर्छ । तर कांग्रेसले उम्मेदवार छान्ने संसदीय समिति नै बनाएको छैन ।

प्रदेश र जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बनेका छन् तर केन्द्रीय संसदीय समिति अझै पनि बन्न सकेको छैन । सो समिति गठन नै नगरी केन्द्रीय कार्यसम्पादन समितिबाटै महानगर र उपमहानगरको टिकट दिने तयारीमा सभापति देउवा रहेको बुझिएको छ । कार्यसम्पादन समितिमा सभापति देउवासहित पदाधिकारी र शीर्ष नेता छन् ।

अहिलेको सत्ता साझेदार दलहरुको गठबन्धनलाई स्थानीय चुनावसम्मै लैजाने निर्णय कांग्रेसले गरेको छ । त्यसको दरिलो पक्षधर पार्टी सभापति देउवा नै हुन् । स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने चैत १५ को केन्द्रीय समितिको निर्णय भए पनि गठबन्धनबाट छ महानगर र ११ उपमहानगरमा तालमेल सहमति भएको थियो । तर त्यसमा पनि संख्यामा मात्र सहमति भएकाले यता व्यक्ति छान्न कांग्रेसले सकेको छैन ।

गठबन्धनको सहमति अनुसार कांग्रेसले छमध्ये तीन महानगरमा मेयर उठाउँदैछ । काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेसले मेयर उठाउन पाउने छ । तर त्यहाँ पनि अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन ।

यस्तै उपमेयरमा पोखरा, भरतपुर र वीरगञ्जमा कांग्रेसले उम्मेदवारी दिने सहमति बने पनि कुनै पनि स्थानको उम्मेदवार टुंगिएको छैन । आकांक्षी धेरै र देउवा तथा शेखर कोइराला पक्षबीचको गुट विवादले गर्दा उम्मेदवारी टुंगो लाग्न सकस परेको छ ।

उता ११ उपमहानगरमध्ये कांग्रेसले सात स्थानमा मेयर उठाउँदैछ । धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उठाउने कांग्रेसको तयारी छ । तर उपमहानगरहरुमा पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।