२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले टुंगायो आफ्नो भागमा परेका महानगर र उपमहानगरका उम्मेदवार



file photo
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । यस्तै, काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ ।

हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउँदा बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले निर्णय गरेको छ ।