• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ

सदर चिडियाखानामा ‘चिम्पान्जीको घर’ बनाइयो (फोटो फिचर सहित)



काठमाडौं । सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ ।

शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कंडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरुका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरि निर्माण गरिएको सदर चिडियाखानाले बताएको छ ।

चिडियाखानामा रहेका एक जोडी चिम्पान्जीबा बच्चा २०७४ साल असोज ३१ गते अवैध रुपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) ले उद्धार गरी चिडियाखानामा ल्याइएको जनाइएको छ । चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी ३ महिनाको र तौल ३.५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल ४ केजी रहेकोमा हाल भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ । चिम्पान्जीलाई मौसम अनुसारको फलफूल, सागसब्जी, दुध, पाउरोटी, मह खुवाउने गरिएको छ ।

चिम्पान्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक दश लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिनुभएको जानकारी दिइएको छ । चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको र यस अभियान अन्र्तगत चिडियाखानाका वन्यजन्तुहरुको आवश्यक आहारा, स्याहार, स्वास्थ्योपचार खर्च लगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने सदर चिडियाखानाले स्पष्ट पारेको छ ।

१२० रोपनी क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा हाल ११३ प्रजातिका विभिन्न वन्यजन्तुहरु प्रदर्शनीमा रहेका छन् । सदर चिडियाखानाले वार्षिक रुपमा औसत ३०० वन्यजन्तुको उद्धार गर्दै आएको बताइएको छ ।