२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वयन उपसमितिमा सदस्य थप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

थप भएका सदस्यमा किरण गिरी काठमाडौँ, आनन्द सन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौँ, श्याम विश्वकर्मा सङ्खुवासभा, दिलीपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरी रहनुभएको छ ।

यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।