१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस क्षेत्रीय सभापति लम्सालद्वारा पार्टी परित्यागको घोषणा



अ+ अ-

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् । मेयरको उम्मेदवार सिफारिसमा एकलौटी गरिएको भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर राजीनामापत्र बुझाएका लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति भएका थिए ।

पार्टीभित्र संस्थापन इतरका मानिने उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वसभापति समेत हुन् । नगर समितिले संस्थापन इतरकै नगर सभापति खेलराज पाण्डेलाई सर्वसम्मत मेयर उम्मेदवार सिफारिस गरेपछि लम्साललगायत १३ जनाले विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।

शुक्रबारनै भैरहवा रुपन्दही– ३ का पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादव पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।