• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उहाँप्रति आभार पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गर्नुभयो ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो । महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताउनुभएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल आउनुभएको थियो । नेपाल भ्रमणमा रहँँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले भेटवार्ता गर्नुभयो ।