• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

रामेछापको सुनापति गाउँपालिका उपाध्यक्ष पदमा सरिता खातीको उम्मेदवारी



काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला उप–सचिव तथा महिला विभाग प्रमुख सरिता खातीले रामेछाप- सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दाबी गरेकी छिन् । राजनितिमा सक्रिय युवा नेतृ सरिता खाती देश र सामाजिक रुपान्तरणका लागि युवा नेतृत्वको आवश्यकता रहेको भन्दै आफुले उपाध्यक्ष पदमा दावी गरेको बताएकी छन् ।

पछिल्लो समय स्थानिय तहमा व्याप्त भ्रष्टचार रहेको भन्दै यसको न्युनिकरण गरि समग्र पालिकाको विकास ,युवालाई रोजगारीको सुनिश्चिता गर्नको लागि आफुले उम्मेदवारी दावी गरेको बताईन्। स्थानियतहका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्ने भन्दापनि आसेपासेको भरणपोषणमा लागेर ५ वर्ष विताएको र शिक्षा, स्वास्थ्य र युवालाई गाउँमै रोजगारी सिर्जन गर्न नसकेको, गाउँनै शून्य हुने गरि युवाहरु बाहिरिने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

पछिल्लो समय शिक्षामा जनप्रतिनिधिहरुको ध्यान नै नपुगेको, शिक्षाको गुणस्तर खस्किदै गइरहेको र गुणस्तर शिक्षाका लागि अभिभावक र विद्यार्थी गाउँबाट शहर केन्द्रित भइरहेको भन्दै गाउँपालिकामा विद्यालयहरुको गुणस्तरमा बृद्धि गर्दै बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदानमा आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताइन् । त्यस्तै सुनापति गाउँपालिकामा आम जनताको भावना अनुरुप काम गर्नको लागि आफु योग्य र सक्षम रहेको पनि खातीले दाबी गरेकी छिन् ।

प्रतिवद्धता अनुरुप काम गरेर देखाउने र अबको नेतृत्व युवाले गनुपर्ने भन्दै उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको खातीले जानकारी दिईन् ।

पार्टीमा सक्रिय भूमिका निर्वाह गरिरहेको र अराजनीतिक गतिबिधिहरुको अन्त्य, व्याप्त भ्रष्टचार अन्त्य गर्न, शिक्षालाई गुणस्तरिय बनाउन, आम युवालाई गाउँ विकासमा प्ररिचालन गरि रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेको हुदा आफु नेतृत्वमा पुगेमा सम्पूर्ण कार्यक्रमलाई विशेष तवरले अगाडी बढाउने समेत खातीले बताईन ।