६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादलले गरे जबजको व्याख्या



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीेको वैचारिक लाइन ‘जनताको बहुदलीय जनवाद’ अब सिद्धान्त भइसकेको बताएका छन् । पार्टीभित्र यस विषयमा अझै सिद्धान्त कि कार्यक्रम भन्ने बहस भइरहेका बेला माओवादी धारबाट एमालेमा जोडिएका नेता थापाले मदन भण्डारीको परिकल्पनामा आएको यो विचार अब व्यवहारले सिद्धान्त भइसकेको बताए ।

 ‘मदन भण्डारीको परिकल्पना थियो जबज, जनवादी क्रान्ति सम्पन्न भएपछि त्यो व्यवहारले नै सिद्धान्त थियो भन्ने पुष्टि भयो,’ उनले प्रथम विधान महाधिवेशन मूल व्यवस्थापन कमिटीका तर्फबाट बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विषयमा पार्टीभित्र मदनवाद विचारधारा भनेर जाने कि भन्ने पनि छ । कसैले यो कार्यक्रम मात्र हो भन्ने पनि छ ।’

उनले जबजलाई अब नयाँ ढंगले थप संश्लेषण गर्दै अघि बढ्नुपर्ने पनि बताए । एमालेभित्रकै घनश्याम भुसाललगायतका नेताले पार्टीको वैचारिक धारको राम्ररी समीक्षा नगरेको भन्दै आलोचनात्मक धारणा राखिरहेका बेला माओवादी धारबाट एमालेमा आएका नेता थापाले यसको राम्रो बचाउ गरेका छन् । 

विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले ल्याएको राजनीतिक प्रतिवेदनले पार्टीको वैचारिक विषय निरूपण गरेको उनको धारणा छ । ‘जनवादी क्रान्तिपछि पनि के हुने भन्ने कुरा जबजले भनेको छ’, थापाले भने, ‘एउटा सामन्तवादको अवशेषको अन्त्य, अर्को राष्ट्रिय पुँजीको निर्माण र समाजवादी संक्रमणकालीन योजना छ । यो विषय महाधिवेशनको प्रतिवेदनमा पनि आएको छ । यो सान्दर्भिक छ र वैचारिक रूपमा पनि निरूपण गरेको छ’, उनले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै