१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

खोला मासेर सडक निर्माण: बस्ती नै डुबानमा पर्ने खतरा, स्थानीयहरु आक्रोशित (भिडियोसहित)

खोला मासेर सडक निर्माण: बस्ती नै डुबानमा पर्ने खतरा, स्थानीयहरु आक्रोशित (भिडियोसहित)
अ अ+ अ-

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरे खोला मासेर प्लानिङको लागि सडक निर्माणको काम गरिएकोप्रति स्थानीयहरुले आपत्ति जनाएका छन् ।

चाँगुनारायण नगरपालिकामा वडा नं ५ खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको र यसले बस्ती नै डुबानमा पर्ने भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले प्लानिङ परमिट स्वीकृत गराएर मात्रै हाउजिङ, अपार्टमेन्ट र घडेरी विकास गर्न ताकेता गरी रहदाँ चाँगुनारायण नगरपालिकामा वडा नं ५ मा भने खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको छ ।

हाल खोला रहेको स्थानमा ३/४ वटा डोजर लगाएर खन्ने र हिम पाइप राखि खोलामाथि सडक निर्माण गर्ने काम धमाधम भइरहेको छ । खोला नै गायव हुने गरी प्लानिङको लागि बाटो निर्माण गर्न स्थानीय सरकारले नै बजेट विनियोजन गरेकोपति स्थानीयहरु आक्रोशित बनेका छन् । स्थानीय सरकारले चालु आर्थिक वर्षको वार्षिक बजेटमा वडाको पूर्वाधारतर्फ पहिलो प्राथमिकता राखेर रकम छुट्याएको छ । चाँगुनारायण नगरपालिकामा वडा नं ५ का सचिव राकेश बासुकलाले वडा कार्यालयको २०७८ जेठ २८ गते बसेको बैठकले बस्ती विकासको लागि भन्दै ३० लाख रुपैयाँ छुट्याएको बताउनु भयो ।

उहाँले चाँगु पिच सडकबाट दीप सरस्वती स्कुल हुँदै चाँकतु टोल जाने बाटो स्तरोन्नतीका लागि हाल दुई वटा उपोभोक्ता समितिमार्फत काम भइरहेको पनि बताउनु भयो । वडा सचिव बासुकलाले चाँगुनारायण नगरपालिकाका इन्जिनियरले तयार पारेको डिजाइनका आधारमा खोलामा हिम पाइप राख्ने काम शुरु गरिएको समेत दाबी गर्नुभयो ।

स्थानीयवासीहरु भने जग्गा व्यापारीहरुले प्लटिङ गर्दा खहरे खोलाको बाटो साँघुरो पारेकाले बस्ती नै डुवानको चपेटामा परेको गुनासो गर्छन् । स्थानियहरुसँग छलफल नै नगरि जग्गाको साँध सीमाना नछुट्याइ जबरजस्ती रुपमा व्यक्तिगत लाभका लागि खोला पुर्न शुरु गरिएको स्थानीयहरुको आरोप छ । कृषि सिंचाइका लागि प्रयोग हुँदै अएको उक्त खोला यसअघि १० फिटको रहेकोले सो क्षेत्रफलमा खोला कायम राख्न माग गरेका छन् । सो स्थानमा रुख बिरुवा समेत मासिएको स्थानीयवासी बताउँछन् ।

खोला सीमाको दक्षिण र पूर्व भागमा करिव ४० घरपरिवारको चाँकतू बस्ती छ । पछिल्लो समय भक्तपुरमा अवैध रुपमा प्लानिङ गर्ने कार्य धमाधम भइरहेको छ । प्लानिङका लागि सिधै अनुमति दिन नमिल्ने भएपछि घडेरी खार्ने बहानामा जग्गा व्यापारीहरुले जनप्रतिनिधि र कर्मचारीसँग सेटिङ गरी काम गर्ने गरेका र पूर्वधार विकासको नाममा कागजमा उपभोक्ता समिति गठन गरी सार्वजनिक सम्पतीमा कब्जा जमाउँदै आएको स्थानीयहरुको आरोप छ ।

चाँगुनारायण नगरपालीका वडा नं ५ कैै ढिकुरे पाटीमा पनि करिव १४ आना सरकारी जग्गामा प्लानिङको सडक निर्माण भएको समेत स्थानीयहरुको आरोप छ । भक्तपुर जिल्ला आयुक्तको कार्यालयले भक्तपुरका चारवटा नगरपालिकाका ९२ स्थानमा अवैध प्लानिङ भइरहेको भन्दै गत माघ ६ गते सूचि सार्वजनिक गरेको थियो । जसमध्ये चाँगुनारायण नगरपालिकामा मात्रै ८० स्थानमा अवैध प्लटिङ रहेको छ ।