६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्मती चामल प्रकरण : खाद्य कम्पनीले गल्ती ढाकछोप गर्न गलत रिपोर्ट बनायो



अ+ अ-

काठमाडौं । सरकारीको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो गल्तीलाई ढाकछोप गर्न आमजनताको आँखामा छारो हाल्ने गरी गलत रिर्पोट बनाइरहेको पाइएको छ ।

कम्पनीको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल बास्मती चामल रि पोलिसिङ गर्दा ४ सय १ क्विन्टल चामल भएकोमा कम्पनीले नयाँ चामलमा मिक्स गरी १९ सय ९० क्विटल चामल सुर्खेत पठाएको थियो ।

गता साता राजधानी दैनिकमा कुहिएको बास्मती चामल बिक्रीका लागि सुर्खेत पठाएको सामाचार प्रकाशित भएपछि अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छानबिन थालेपछि सो गल्तीलाई ढाकछोप गर्न कम्पनीले गलत रिर्पोट बनाएर विभागमा पेस गरेको छ ।

सो गोदामको चामल खानयोग्य नभएको भन्दै १ पुस २०७६ मै खाद्य प्रविधि विभाग, जिल्ला प्रशासन र खाद्य कम्पनी स्वयंको रोहवरमा ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल गोदाममै कुहिएको पुष्टि भएपछि ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कासमेत गरिसकेको थियो ।

सो चामल खाद्य कम्पनीले रि पोलिसिङ गरी सुर्खेत पठाएको विषयमा खाद्य प्रविधिले कम्पनीलाई स्पष्टीकरण सोधेपछि कम्पनीले आफ्नो बचाउ गर्न गल्ती ढाकछोप गर्न विभागलाई झुटो रिपोर्ट बनाएर पेस गरेको खाद्य कम्पनीको विशेष स्रोतले बताएको छ ।

कम्पनीले कुहिएको चामल रि पोलिसिङ गरी सुर्खेत नपठाएर काठमाडौँमै बिक्री गरिसकेको दाबी गरेको छ । खाद्य व्यापार कम्पनी कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सो बास्मती चामल सुर्खेतमा नभएर काठमाडौंमै बिक्री भइरहेको समेत जानकारी गराएका छन् ।

तर, खाद्य कम्पनी स्रोतले भने सो बास्मती चामल काठमाडौं नभएर सुर्खेत नै पठाएको दाबी गरेको छ । कम्पनीले आमजनताको आँखामा छारो हाल्न सो काम गरी रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार कम्पनीको प्रधान कार्यालयका विभागीय प्रमुखहरूको ३१ असार २०७८ को निर्देशनपत्रअनुसार कम्पनीको थापाथलीस्थित कार्यालयले ‘रि पोलिसिङ’ गरेको सो चामल ट्रकबाट १० टनको दरमा सुर्खेत पठाइएको छ । साथै चामल सुर्खेत पठाइएको ट्रकमा फर्कंदा राजपुर बर्दियाबाट काठमाडौंमा गहुँसमेत ल्याएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कम्पनीले ४ सय ८७ क्विन्टल कुहिएको चामल ‘रि पोलिसिङ’ गरी ४ सय १ क्विन्टल चामल बनाएको छ । कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार थापाथलीबाट जोखतौल र ढाला काँटी गराई सुर्खेत पठाएको हो ।

सुर्खेतमा पठाउँदा विभिन्न स्थानमा परिचालन गरी खपत गर्ने काम गरेको स्रोतको दाबी छ । ४ सय १ क्विन्टल चामल करिब २ हजार क्विटल हुने र सो चामल बिक्री हुने सम्भावनका स्थान सुर्खेत र कर्णाली प्रदेशका जिल्ला लागि पठाएको कम्पनी स्रोतले जानकारी गराएको छ ।

गल्ती ढाकछोप गर्न कम्पनीका विभागीय प्रमुखले कुहिएको चामल बिक्रीका लागि सम्बन्धित र सरोकारवालालाई कर्मचारीलाई धम्की पूर्ण दबाब दिएर पत्रमा हस्ताक्षरसमेत गर्न लगाएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले भने, बास्मती चामल व्यवस्थापन गर्न बसेको कमिटीमा रहेका पदाधिकारी कार्यव्यवस्था कमिटीमा रहेका पदाधिकारीलगायतका अन्य कर्मचारीले कार्य स्थलमा कामकाजमा खटिई काम गर्न रि पोलिसिङबाट प्राप्त परिमाणको प्रमाणित गर्ने कार्यमा आलटाल गर्ने र साथै कम्पनीको खाद्य वस्तुको बारेमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्ने कार्मचारीलाई कम्पनीको विनियमावलीबमोजिम कारबाही गर्ने धम्कीसमेत दिएको स्रोतको भनाइ रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ । 




भर्खरै