३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर ५२ वर्षीया महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० भन्ज्याङकी एक महिलाको मृत्यु भएको छ । मेलम्ची–१० की ५२ वर्षीया पम्फा कार्कीको मृत्यु भएको हो । उनको चट्याङका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।

कार्कीको खेतबाट घर जाने क्रममा बुधबार बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । अहिले इलाका प्रहरी कार्यालय मेलम्चीको टोली घटनास्थलमा पुगेको छ ।

स्थानीयवासीले चट्याङबाट मृत्यु भएको आशङ्का गरे पनि घटना हेर्दा चट्याङ लागेको नदेखिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार “टाउकोमा चोट रहेको, चट्याङबाट आत्तिएर लड्दा टाउको बजारिएको देखिन्छ ।”

बिहानै डेरीमा दूध लिएर आउने स्थानीयासीले देखेपछि घटनाका बारेमा थाहा भएको थियो । त्यसपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको र शव परीक्षणका लागि मेलम्ची लगिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।