१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर ५२ वर्षीया महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० भन्ज्याङकी एक महिलाको मृत्यु भएको छ । मेलम्ची–१० की ५२ वर्षीया पम्फा कार्कीको मृत्यु भएको हो । उनको चट्याङका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।

कार्कीको खेतबाट घर जाने क्रममा बुधबार बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । अहिले इलाका प्रहरी कार्यालय मेलम्चीको टोली घटनास्थलमा पुगेको छ ।

स्थानीयवासीले चट्याङबाट मृत्यु भएको आशङ्का गरे पनि घटना हेर्दा चट्याङ लागेको नदेखिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार “टाउकोमा चोट रहेको, चट्याङबाट आत्तिएर लड्दा टाउको बजारिएको देखिन्छ ।”

बिहानै डेरीमा दूध लिएर आउने स्थानीयासीले देखेपछि घटनाका बारेमा थाहा भएको थियो । त्यसपछि प्रहरी घटनास्थलमा गएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको र शव परीक्षणका लागि मेलम्ची लगिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।