• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

एमाले पैसामा खरिद हुने पार्टी होइन – अध्यक्ष ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताउनु भएको छ ।

स्थानीय तह निर्वाचनको तयारी भईरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दावी गर्नु भयो । बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनि प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिने क्रममा उहाँले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिनु भयो ।

अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताउनु भयो । यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो । उहाँले भन्नु भयो, ‘पोलिटिकल फिल्ड इज अल्वेज ओपन फर एभ्रिबडी । यो कसैको पनि ठेक्कापट्टाको विषय होईन । यो सबैका लागि खुला छ । मैदान खुला छ । यो चाँही ओपन म्याराथुन हो । तोकिएका खेलाडी छैनन् यसमा । सबैले यसमा भाग लिन पाउँछन । अनि एक जना भाईले सोध्नु भयो । एक जना मेहनत गर्ने मान्छे र सात करोड लिएर आयो भने के गर्नु हुन्छ ? नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर चलाउँदै हिँडने पागल होईन यो । तर अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन । र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिँदैन । सात करोड होईन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरिद गर्न सम्भव छैन ।’

अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्नेहरुको फोटोलाई लिएर भोट माग्न हिँडने पार्टीहरु सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गर्नु भयो । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर तत्काल हटाउनु भएको थियो । सोही फोटोप्रति संकेत गर्दै उहाँले भन्नु भयो, ‘लोकसेडिङ अन्त्य गर्ने महान भनेर प्रचार गर्ने गफ दिने बेलामा । एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँडने लोगो बनाएको पनि देखियो । पछि त्यो कर्मचारीले आफै लाज मानेर मेरो फोटो हटाउ भने । किनभने लोडसेडिङ यस्तो छ । बोल्दै गर्दा तीन पटक बत्ति जान्छ । चार रुपैयाँमा भारतलाई विजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने गरेको छ । चार रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किन्ने गरेको छ । ३४ रुपैयाँ प्रतियुनिट घाटामा । यस्ता व्यक्तिहरुको फोटो लिएर भोट माग्न हिँडने पार्टीहरु पनि गठबन्धन भित्र ।’

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरुसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा युवाहरुले आयात प्रतिस्थापन हुने गरी ठोस कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरुको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।