• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, संसद अवरोध जारी राख्ने ★   कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था बैठक प्रभावित ★   अर्थतन्त्र पुनरुत्थानका लागि लगानीमैत्री बजेट ★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने

नेप्से परिसूचक १३.३७ अंकले वृद्धि



काठमाडौँ । यो साताको कारोबार भएको तेस्रो दिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।

मंगलबार नेप्से परिसूचक १३.३७ अंक बढेर २३५७.२४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता शेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक उकालो लागे पनि सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने गिरावट आएको छ । सोमबारको कारोबारमा डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचकमा हरियाली भएको छ । मंगलबार १३ उपसमूहमध्ये अन्य उपसमुहको परिसूचक सबैभन्दा धेरै १.०९ प्रतिशत बढेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०४ बढेको छ । बाँमी सबै उपसमूहको परिसूचक शून्य प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबारको कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै यता, दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोड ३० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।