२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १३.३७ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । यो साताको कारोबार भएको तेस्रो दिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।

मंगलबार नेप्से परिसूचक १३.३७ अंक बढेर २३५७.२४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता शेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक उकालो लागे पनि सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने गिरावट आएको छ । सोमबारको कारोबारमा डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचकमा हरियाली भएको छ । मंगलबार १३ उपसमूहमध्ये अन्य उपसमुहको परिसूचक सबैभन्दा धेरै १.०९ प्रतिशत बढेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०४ बढेको छ । बाँमी सबै उपसमूहको परिसूचक शून्य प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबारको कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै यता, दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोड ३० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।