३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक कार्यमा पनि अग्रसर नायिका सुरक्षा पन्त, लुम्बिनी गार्डेन प्रोजेक्ट बारे राष्ट्रपतिसँग छलफल



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र जगतमा आफ्नो फरक किसिमको अभिनयबाट निकै चर्चामा आएकी अभिनेत्री सुरक्षा पन्त फिल्मसँगै सामाजिक कार्यमा पनि उत्तीकै अग्रसर छिन् । उनी पेशाले इन्जिनियर पनि हुन् । कामकै शिलशिलामा उनी लगायतका लुम्बिनी गार्डेन फाउन्डेसनका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । यो सामाजिक संस्थाले १० अर्ब लागतमा स्पेनको एक्सत्रेमादुरामा लुम्बिनी बगैंचा निर्माण गर्दैछ । 

योही योजनाबारे जानकारी दिलाउन अभिनेत्री सुरक्षासहितका फाउन्डेसनका पदाधिकारीले शीतल निवासमा आयोजित भेटमा राष्ट्रपतिसमक्ष फाउन्डेसनको योजनाबारे जानकारी गराएका हुन् ।

भेटमा राष्ट्रपति भण्डारीले पनि लुम्बिनी गार्डेन निर्माणबारे चासो समेत गरेको बताईएको छ । राष्ट्रपतिसँग भेटपछि सुरक्षाले समाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै ''हाम्रा कुराहरुलाई विशेष महत्व दिएर चासोका साथ ग्रहण गर्दै थप सकारात्मक उर्जा प्रदान गर्नु भएकोमा सम्माननीय राष्ट्रपति ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछौं।'' भनेकी छिन् । 

सुरक्षाले यसैमहीना ‘ग्रीन बर्ड’ नामक फिल्ममा काम गरेकी छिन् ।