२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा युद्ध : नवीनतम घटनाक्रम



अ+ अ-

किभ । युक्रेन युद्धका नवीनतम घटनाक्रम यस्ता छन् :

पूर्वी आक्रमण सुरु

रुसले आफ्नो सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा केही दिनदेखि अपेक्षित ठूलो हमला गर्ने क्रममा दर्जनौँ हवाई आक्रमण गरेको जनाएको छ।

रुसी रक्षा मन्त्रालयले प्रमुख सहर स्लोभ्यान्स्क र फ्रन्टलाइन नजिकका सहरहरूमा युक्रेनी स्थानहरूमा आक्रमण भएको पुष्टि गरेको छ।

“हामी अब पुष्टि गर्न सक्छौँ कि रूसी सेनाले डोनबासका लागि युद्ध सुरु गरेको छ, जुन उनीहरूले लामो समयदेखि तयारी गरिरहेका थिए”, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने।

नयाँ मारिउपोल अल्टिमेटम

रुसले युक्रेनी सेनालाई ‘तुरुन्तै हतियार बिसाउन’ आह्वान गरेको छ । उसले घेरामा परेको बन्दरगाह सहर मारिउपोलका रक्षकहरूलाई उनीहरूको प्रतिरोध अन्त्य गर्न नयाँ अल्टिमेटम जारी गरेको छ।

रुसी रक्षा मन्त्रालयले मारिउपोलका रक्षकहरूले दिउँसो (०९०० जीएमटी) मा हतियार राखे ‘बाँच्ने ग्यारेन्टी’ हुने बताएको छ। मारिउपोलमा युक्रेनी सेनाहरूले आइतबारको यस्तो अघिल्लो अल्टिमेटमलाई बेवास्ता गरेका थिए।

लभिभमा मृत्यु

पाँच ‘शक्तिशाली’ रूसी क्षेप्यास्त्रले पश्चिमी शहर लभिभमा प्रहार आक्रमण गर्दा कम्तिमा सात व्यक्तिको मृत्यु र आठ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमण भएको स्थान यसअघिको युद्धबाट बचेको थियो ।

रुसले हालै युक्रेनमा पुर्‍याइएको हतियार भएको लभिभ नजिकको हतियार भण्डार पनि ध्वस्त पारेको बताएको छ।

नयाँ अमेरिकी हतियार ढुवानी आइपुग्यो

नयाँ अमेरिकी सैन्य सहायता प्याकेजको पहिलो ढुवानी युक्रेनको सीमामा हस्तान्तरण गर्न आइपुगेको पेन्टागनका एक वरिष्ठ अधिकारीले बताए।

प्याकेजमा पहिलो पटक १८ १५५ एमएम होविट्जरका साथै ४०,००० आर्टिलरी राउण्ड, २०० एम ११३ बख्तरबन्द कार्मिक क्यारियर, ११ एमआई–१७ हेलिकप्टर र १०० वटा बख्तरबन्द बहुउद्देश्यीय सवारी साधनहरू समावेश छन्।

बाइडेनले गठबन्धनको बैठक बोलाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन द्वन्द्वबारे छलफल गर्न मङ्गलबार सहयोगीहरूको बैठक बोलाउने ह्वाइट हाउसले जनाएको छ।

भिडियो कलले रूसलाई जवाफदेही बनाउने प्रयासू लाई पनि समेट्ने बताइएको छ ।

पुटिनले बुचासँग जोडिएको ब्रिगेडलाई सम्मान गरे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले बुचा सहरमा ‘युद्ध अपराध’ र सामूहिक हत्याको आरोप लगाएको ब्रिगेडलाई मानार्थ उपाधि प्रदान गरेका छन् ।

पुटिनले हस्ताक्षर गरेको डिक्रीमा ६४औँ मोटर राइफल ब्रिगेडलाई ‘मातृभूमि र राज्यको हित’ को रक्षाको लागि ‘गार्ड’ को उपाधि दिन्छ र यसका सदस्यहरूको ‘जन वीरता र वीरता, दृढता र साहस’ को प्रशंसा गर्दछ भनिएको छ।

युक्रेनबाट झण्डै ५० लाख पलायन : राष्ट्रसंघ

रुसी आक्रमणपछि ४९ लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश छोडेर गएको राष्ट्रसंघको शरणार्थी निकायले जनाएको छ ।

युएनएचसीआरले अहिलेसम्म ४९ लाख ३४ हजार ४१५ युक्रेनीहरूले देश छोडेको बताएको छ । यो आँकडा अघिल्लो दिनको भन्दा ६५ हजारले बढी हो । एजेन्सी