• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

श्रीलंकाली राष्ट्रपतिले पहिलो पटक आफ्नो गल्ती स्वीकार गरे



कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशमा आर्थिक मन्दीको बीचमा नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । कीर्तिमानी मुद्रास्फीति र खाद्यान्न अभावको बीचमा श्रीलंकामा जनता सडकमा उत्रिएका छन्। विगत १० दिनदेखि श्रीलंकाका जनताले समुद्रको किनारमा ठूलो सङ्ख्यामा प्रदर्शन गरिरहेका छन् ।

यसैबीच राष्ट्रपति गोटबायाले पहिलो पटक मुलुकमा खाद्यान्न अभाव भएकोमा आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले कृषकलाई रासायनिक मल नदिई आफ्नो प्रशासनले ठूलो गल्ती गरेको भन्दै पुरानो प्रणालीलाई पुनः सुरु गर्न लागेका बताए।

श्रीलंकालाई आर्थिक संकटबाट बाहिर निकाल्न गोटाबायाले १७ जना मन्त्री रहेको नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा गोटबायाले आफ्ना दुई भाइ चमल र बसिल राजापाक्षे र भतिजा नमल राजापाक्षेलाई हटाएका छन् ।

यसअघि तीनै जना गोटाबाया सरकारमा महत्वपूर्ण भूमिकामा थिए । तर गोटाबायाले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा कायम राखेका छन् । ठूलो जनआक्रोशपछि मन्त्रिपरिषद्ले अप्रिल ३ राजीनामा दिएको थियो ।

श्रीलंकामा व्यापक विरोधका बाबजुद गोटाबाया र उनका दाइ महिन्दा राजापाक्षे सत्तामा छन्। गोटाबायाले सबैभन्दा पहिले आफ्नो प्रशासनको ‘गल्ती’ स्वीकार गरे।

गोटाबायाले भने, “मलाई लाग्छ म पहिले नै अन्तर्राष्ट्रिय मुद्रा कोषमा कार्यक्रमका लागि जानुपर्ने थियो । साथै युरिया जस्ता रासायनिक मल किसानलाई नदिनु गल्ती भएको बुझेको छु । हामीले पुरानो अभ्यासलाई पुनर्स्थापित गर्न कदम चालेका छौँ।”

यसअघि गोटाबायाले मे २०२१ मा तुघलकी आदेश जारी गरेर नीति परिवर्तन गरेका थिए। उनले रासायनिक मलविना अर्गानिक खेती गरे । यसबाट देशमा वार्षिक बालीको उत्पादन आधामा झरेको छ ।

जसका कारण गत वर्ष देशभरका किसानले चर्को विरोध गरेका थिए । राजापाक्षे परिवारको लोकप्रियता आम जनतामा मात्र नभई उनका समर्थकहरूमा पनि घट्दै गएको यो पहिलो सङ्केत थियो।

गोटाबायाले नयाँ मन्त्रीहरुलाई वर्तमान संकट जनताले माग गरेको व्यवस्था परिवर्तन गर्ने राम्रो अवसर भएको बताए । गोटाबायाको नयाँ मन्त्रिपरिषद्बाट प्रदर्शनकारीहरू खुसी छैनन् र उनीहरूले राष्ट्रपतिको सचिवालय बाहिर विरोध प्रदर्शन जारी राखेका छन्।

श्रीलंकामा चरम आर्थिक संकटका कारण जनताले खाद्यान्न, ग्यास, तेल जस्ता अत्यावश्यक वस्तु पाउन सकेका छैनन् । श्रीलंकाको मुद्राको पतनले देशमा तेलको मूल्य लगातार बढेको छ। नवभारत टाइम्सबाट