९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम्‍मेलन गर्न प्रतिबन्ध लगाइएको छैन’



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्‍मेलन र धार्मिकरसांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाडपर्व लक्षित तथा क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न सक्ने प्रस्ट पारेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्तिमार्फत प्रस्ट पार्दै भनेको छ, ‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८/०६/१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १(क)मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्‍यक्तिका सम्‍बन्धमा ध्‍यानाकर्षण भएको छ ।’