• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

भरतपुर नै नभइ भएन, रेणु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन: प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबिच प्रतिस्पर्धा हुने बताउनुभएको छ ।

सोमबार नेकपा(माओवादी केन्द्र)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनका बिचमा प्रतिस्पर्धा हुने बताउनुभएको हो । उहाँले एउटा गठबन्धन राजावादीहरुसँग सम्बन्धित गठबन्धन र अर्को गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुका बिचमा गठबन्धन हुने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘अझैपनि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रणाली र धर्म निरपेक्षतालाई कुनै न कुनै रुपले उल्ट्याउन चाहाने प्रवृत्ति अहिले पनि देखा परेको छ । एउटा प्रवृत्ति जो हिजोका सामन्त राजा, महाराजा र ऊ सँग सम्बन्धित पार्टीहरुसँग गठबन्धन गर्न खोज्ने ।

लोकतन्त्रवादी र वामपन्थीहरुसँग भन्दा प्रतिगामी शक्तिहरुसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति र अर्को संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुको बिचमा गठबन्धन । तपाई, हामीले देखेका छौँ दुईवटा गठबन्धनका, तपाई गठबन्धनका पार्टीहरुका अनुहार राम्रोसँग हेर्नुभयो भने कुन गठबन्धन लोकतन्त्रवादी, परिवर्तनकारी, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको गठबन्धन हो र कुन त्यसलाई उल्ट्याउन खोज्ने हो भन्नेकुरा प्रष्टै देखिन्छ ।’

अध्यक्ष दाहालले सोमबार बेलुकीसम्म गठबन्धनका दलहरुका बिचमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भइसक्ने बताउनुभयो । नगरपालिका र गाउँपालिकाको सन्दर्भमा भने तल्ला कमिटीहरुलाई नै अधिकार दिइएको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनका साझा उम्मेदवार तय गर्दा कतिपय असन्तुष्टिहरु आउनु सामान्य रहेको भन्दै उहाँले पार्टी र गठबन्धनले संस्थागत निर्णय गरेपछि सबै पार्टी पंक्ति संस्थागत निर्णयको पक्षमा उभिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘महानगरपालिका र उपमहानगरपालिकालाई केन्द्रले नै टुंग्याउने भन्ने नै नीति भएको हुनाले हामी केन्द्रमा टुंग्याउँदै छौँ । अरु नगरपालिका र गाउँपालिकाको हकमा तल्ला कमिटीहरुलाई नै अधिकार प्रत्यायोजन गरिएको र कहीँ समस्या पर्‍यो भने उनीहरुले केन्द्रलाई रिपोर्ट गरे भने केन्द्रले त्यहाँ सहयोग गर्ने भनेको हुनाले त्यही नीति अन्र्तगत नै हामी अगाडी बढ्दै छौँ । एउटै पार्टी भित्र पनि कसैले टिकट पाउने, कसैले नपाउने हुन्छ । नपाउने मध्ये कतिपय असन्तुष्ट हुने, बागि उठ्ने गरका त विगतका हामीले अनुभव गरेकै छौँ । पाँच दलिय गठबन्धन भित्र तालमेल गर्दा केही–केही असन्तुष्टि, केही–केही विरोधका स्वरहरु सुनिनु यो लोकतान्त्रिक परिपाटीभित्र स्वभाविक कुरा हो । तर त्यसले तात्विक फरक केहीपनि पार्दैन । पार्टीहरुको, गठबन्धनको, औपचारिक एउटा डिसिजन भइसकेपछि, संस्थागत निर्णय भइसकेपछि, मलाई र हामीलाई के विश्वास छ भने अन्तत्ः सबै पार्टी र पार्टी पंक्ति र जनपंक्ति पनि त्यही औपचारिक र संस्थागत निर्णयका पक्षमा न उभिन्छ ।’

उहाँले भरतपुर महानगरपालिका आफूहरुलाई नै चाहिन्छ भनेर दाबी नगरेको बताउनुभयो । गठबन्धनमा महानगरपालिका भागबन्डा लगाउँदा आफुहरुलाई जुन दिएपनि स्वीकार्य हुने उहाँले बताउनुभयो । यद्यपी सबैको मनमा माओवादीलाई भरतपुर दिनु उचित हुन्छ भन्ने लागेको अध्यक्ष दाहालको भनाई छ ।

उहाँले भन्नुभयो – ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन । तपाईहरु प्रष्ट हुनुहोला । ६ वटा महानगरपालिका छन् । ६ वटा महानगरपालिकामा पनि एउटा त माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनकोले काठमाडौँ दिने भनेपनि ठिकै छ । बिराटनगर दिने भनेपनि ठिकै छ । भरतपुर होइन भनेपनि ठिकै छ भन्या छु मैले । भ्रम पार्न खोजिएको छ भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने होइन ।

तर पहिला रेनुले जितिराखेको र भरतपुर हाम्रोमा भएको हुनाले सजिलो त्यही हुन्छ भने त्यो पनि ठिकै छ भनिएको मात्रै हो । त्यसकारण यो कुरामा कोही कन्फ्युजन नहोस् । अब ६ वटामा ६ वटै एउटालाई दिनसक्ने स्थिति पनि छैन । माओवादीलाई एउटा पनि नदिएर अरु सबैले बाड्ने भन्नेपनि त स्थिति छैन । गठबन्धन भइसकेपछि त कम्तिमा एउटा त माओवादीलाई पर्ने नै भयो नि त । त्यो एउटा पर्नेमा सजिलो जुन हुन्छ त्यही भए हुन्छ भनेका छौँ हामीले । मोटामोटी चाहीँ सबै साथीको भित्री मनमा के छ भने भरतपुर नै दिनु उचित छ भन्ने कांग्रेसलाई पनि लागेको छ धेरैलाई । केही केहीलाई नलागेको मात्रै होला । त्यसकारण हामी अहिले बेलुकासम्म टुंग्याउछौँ ।’

उहाँले ६ वटा महानगरपालिका मध्ये ३ वटा नेपाली कांग्रेसलाई र बाँकी ३ वटामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीलाई एक-एक वटा बाड्नेगरी छलफल भइरहेको बताउनुभयो । उहाँले निर्धारित समयमै निर्वाचन हुने उल्लेख गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो ।