• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

पोखरा महानगरमा गठबन्धन टुट्यो, कास्की कांग्रेसले नेकपा एससँग तालमेल नगर्ने



काठमाडौं । पोखरा महानगरको मेयर कुनै पनि हालतमा नछाड्ने भन्दै केन्द्रमा दबाब बनाइराखेको नेकपा एकीकृत समाजवादीसँग नेपाली कांग्रेसले तालमेल टुटाएको छ ।

मेयर दाबी गरेको पोखरा महानगरमा कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ति जारी गर्दै नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएको छ ।

सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्दा पनि सम्भव नभएपछि नेकपा एससँग गठबन्धन गरेर चुनावमा जान नसकिने निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

चुनावी तालमेलका लागि अन्य दलसँग छलफल गर्न सकिए पनि नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुको विकल्प नभएको कास्की कांग्रेसले प्रस्ट पारेको छ । नेकपा एसले गठबन्धन हुँदा पोखरा महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ ।