• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

माओवादी दाङ जिल्ला इन्चार्ज गौतमद्वारा राजीनामा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् ।

उनले आइतबार पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनले घोराही उपमहानगर पालिका मेयरमा दाबी गरेका थिए । तर, पार्टीको नीति विचार र सिद्धान्तमा असहमति राखेर गौतमले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिँदै माओवादी कम्युनिस्ट विचारबाट च्युत भएको आरोप समेत लगाएका छन् । पार्टी भित्रको अन्तरद्धन्द्धका कारण गौतमले राजीनामा दिएको हुन सक्ने बुझिएको छ ।