२६ असार २०८३, शुक्रबार
,
Latest
दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिन देशको विभिन्न स्थानमा तापक्रम बढ्ने



अ+ अ-

काठमाडौं । नेपालमा आगामी तीन दिनसम्म तापक्रममा बृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम बृद्धि हुने बताउनुभएको हो । केही दिनदेखि तापक्रम बृद्धि भइरहेको उल्लेख गर्दै उहाँले अझै केहि दिनसम्म तापक्रम बृद्धि कायम रहने बताउनुभएको हो । हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम बृद्धि भएको उहाँले बताउनुभयो । केही दिनपछि भने उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा कमि आउने सम्भावना भएको बरिष्ठ मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विगत केही दिनदेखि नेपालको विभिन्न स्थानहरुमा तापक्रम बढ्नेक्रममा रहेको देखिएको छ । यसको मुख्य कारण चाहीँ नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापिय प्रणालीको प्रभाव रहेको देखिन्छ । र आगामी केही दिन पछि उक्त उच्च चापिय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने हुनाले आगामी तिन÷चार दिन पछि नेपालको भु–भागहरुमा तापक्रममा केही कमी आउने सम्भावना देखिएको छ । आगामी मंगलवारसम्म तापक्रम बढ्ने सम्भावना रहेको देखिन्छ भने बुधबार र बिहीबार तापक्रममा केही गिरावट आउने सम्भावना रहेको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले गर्दाखेरी बुधबार र बिहीबार केही कम हुन्छ । तर त्यो प्रभाव गएपछि फेरी तापक्रम वृद्धि हुने सम्भावना रहन्छ ।’

उहाँले तराई क्षेत्रमा भने बढी नै तापक्रम बृद्धि हुने बताउनुभयो । हाल तराईका केही स्थानहरुमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको भन्दै उहाँले यो क्रम केही दिनसम्म रहने बताउनुभयो । उहाँले भन्नभयो – ‘तापक्रम बढ्नुको मुख्य कारण एक त यो सिजनल इफेक्ट पनि हो । अहिलेको मौसम नै तापक्रम बढ्ने क्रममा रहने हुन्छ । त्यो हुनाले पनि हो एउटा । अर्को कारण चाहीँ नेपालको वायु मण्डलमा उच्च चापिय प्रणाली हुन्छ । उच्च चापिय प्रणाली हुँदाखेरी आकाश खुल्ने सुर्यको किरण सिधै पुथ्वीको सतहमा पर्ने हुनाले सतह नजिकको वायु तातिने हुनाले यो समयमा वायुको तापक्रम बढ्ने हुन्छ । अधिकतम र न्युनतम ठाउँ अनुसार फरक हुन्छ । सामान्यतया आगामी तिन÷चार दिनसम्मको अवस्था हेर्दाखेरी तराईतिर अलि बढी नै हुने देखिन्छ । जस्तै अहिले ३८, ३९ को हाराहारीमा छ । थोरै स्थानहरुमा ४० पनि पुगेको देखिन्छ । यही क्रममा आगामी केही दिनमा हल्का बढ्ने सम्भावना रहेको देखिन्छ । पछि पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव आइसकेपछि उक्त तापक्रममा केही गिरावट आउने सम्भावना रहेको छ ।’

उहाँले अहिले तापक्रम बढ्ने सिजननै भएकाले पनि तापक्रम वृद्धि भइरहेको उल्लेख गर्नुभयो ।