२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिन देशको विभिन्न स्थानमा तापक्रम बढ्ने



अ+ अ-

काठमाडौं । नेपालमा आगामी तीन दिनसम्म तापक्रममा बृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम बृद्धि हुने बताउनुभएको हो । केही दिनदेखि तापक्रम बृद्धि भइरहेको उल्लेख गर्दै उहाँले अझै केहि दिनसम्म तापक्रम बृद्धि कायम रहने बताउनुभएको हो । हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम बृद्धि भएको उहाँले बताउनुभयो । केही दिनपछि भने उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा कमि आउने सम्भावना भएको बरिष्ठ मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विगत केही दिनदेखि नेपालको विभिन्न स्थानहरुमा तापक्रम बढ्नेक्रममा रहेको देखिएको छ । यसको मुख्य कारण चाहीँ नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापिय प्रणालीको प्रभाव रहेको देखिन्छ । र आगामी केही दिन पछि उक्त उच्च चापिय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने हुनाले आगामी तिन÷चार दिन पछि नेपालको भु–भागहरुमा तापक्रममा केही कमी आउने सम्भावना देखिएको छ । आगामी मंगलवारसम्म तापक्रम बढ्ने सम्भावना रहेको देखिन्छ भने बुधबार र बिहीबार तापक्रममा केही गिरावट आउने सम्भावना रहेको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले गर्दाखेरी बुधबार र बिहीबार केही कम हुन्छ । तर त्यो प्रभाव गएपछि फेरी तापक्रम वृद्धि हुने सम्भावना रहन्छ ।’

उहाँले तराई क्षेत्रमा भने बढी नै तापक्रम बृद्धि हुने बताउनुभयो । हाल तराईका केही स्थानहरुमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको भन्दै उहाँले यो क्रम केही दिनसम्म रहने बताउनुभयो । उहाँले भन्नभयो – ‘तापक्रम बढ्नुको मुख्य कारण एक त यो सिजनल इफेक्ट पनि हो । अहिलेको मौसम नै तापक्रम बढ्ने क्रममा रहने हुन्छ । त्यो हुनाले पनि हो एउटा । अर्को कारण चाहीँ नेपालको वायु मण्डलमा उच्च चापिय प्रणाली हुन्छ । उच्च चापिय प्रणाली हुँदाखेरी आकाश खुल्ने सुर्यको किरण सिधै पुथ्वीको सतहमा पर्ने हुनाले सतह नजिकको वायु तातिने हुनाले यो समयमा वायुको तापक्रम बढ्ने हुन्छ । अधिकतम र न्युनतम ठाउँ अनुसार फरक हुन्छ । सामान्यतया आगामी तिन÷चार दिनसम्मको अवस्था हेर्दाखेरी तराईतिर अलि बढी नै हुने देखिन्छ । जस्तै अहिले ३८, ३९ को हाराहारीमा छ । थोरै स्थानहरुमा ४० पनि पुगेको देखिन्छ । यही क्रममा आगामी केही दिनमा हल्का बढ्ने सम्भावना रहेको देखिन्छ । पछि पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव आइसकेपछि उक्त तापक्रममा केही गिरावट आउने सम्भावना रहेको छ ।’

उहाँले अहिले तापक्रम बढ्ने सिजननै भएकाले पनि तापक्रम वृद्धि भइरहेको उल्लेख गर्नुभयो ।