२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेफ साहलाई पर्यटन बोर्डको सम्मान



अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान गरेको छ ।

काठमाडैंमाा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरेको हो । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले साह सम्मिलित सेफ टीमलाई सम्मान गर्नुभएको थियो ।

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार) लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनु भयो । उहाँले यस कार्यले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताउनु भयो । उहाँले सन्तोषसहित टीमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको बताउनु भयो ।

कार्यकारी प्रमुख रेग्मीले भन्नुभयो, ‘नेपाललाई पर्यटन गन्तव्यका हिसावले पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना/परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसावले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ ।’

सम्मानित व्यक्तित्व सेफ सन्तोष साहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताउनु भयो । उहाँले नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताउनु भयो । सेफ साहले आफ्नोसाथमा आएको टीमलाई पुनः नेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह गर्नुभयो ।

त्यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्न,यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै नेपाल सबैका लागि प्रिय देश रहेको बताउनु भयो ।