२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः दिल्लीलाई बैंग्लोरले हरायो



अ+ अ-

एजेन्सी । आईपीएलको २७ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले १६ रनको शानदार जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आरसीबीले १८९ रनको रक्षा गर्दै सिजनको चौथो जित हात पारेको हो ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा दुई टोलीबीच रोमाञ्चक खेल भएको थियो । उतारचढावले भरिएको खेलमा बैंग्लोरको टोलीले जित निकालेको हो । फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबी यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरका लागि दिनेश कार्तिकले अविजित ६६ रनको इनिङ्स खेले भने म्याक्सवेलले ५५ रन बनाए । यस्तै, जो हेजलवुडले बलिङमा सबैभन्दा बढी तीन विकेट लिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको १९० रनको लक्ष्यको जवाफमा दिल्लीले राम्रो सुरुवात गरेको थियो । पृथ्वी शा र डेभिड वार्नरले २७ बलमा ५० रनको साझेदारी गरे । पृथ्वी शाले १३ बलमा १६ रन बनाउँदै सिराजको बलमा अनुज रावतको हातबाट क्याच आउट भए । त्यसपछि वार्नरले सानदार रन बनाए र २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । त्यसपछि हसरंगाको बलमा ३८ बलमा ६६ रन बनाएर उनी एलबीडब्ल्यू आउट भए ।

वार्नर आउट भएपछि दिल्लीको विकेट झर्न थाल्यो र २१ रनमा दिल्लीले चार विकेट गुमायो । जोस ह्याजलवुडले ललित र पावेललाई सोही ओभरमा आउट गरेका थिए । कप्तान ऋषभ पन्त र शार्दुल ठाकुरले रन बनाउने प्रयास गरे र बलियो साझेदारी बनाउन थाले तर विराटले पन्तलाई एक हातमा समातेर बैंग्लोरलाई खेलमा फर्काए । यसपछि ब्याटिङ गरेको दिल्लीको टोलीले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सकेको थियो ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको बैंग्लोरको सुरुवात राम्रो हुन सकेन । उसले तेस्रो ओभरमा १३ रनको स्कोरमा आफ्ना ओपनरहरूको विकेट गुमायो । फाफ डु प्लेसिस आठ र अनुज रावत खाता नखोलेर पभिलियन फर्किए । यसपछि विराट र ग्लेन म्याक्सवेलले इनिङ्सलाई एकसाथ सम्हाल्ने प्रयास गरे तर ललित यादवको सटीक थ्रोमा कोहली १२ रनमा रनआउट भए। तर, यसपछि म्याक्सवेलले खेल सम्हाल्दै ३२ बलमा आफ्नो अर्धशतक पूरा गरे । कुलदीपले म्याक्सवेललाई ५५ रन बनाएर आउट पारे ।

आरसीबीले १२ औं ओभरमा ९२ रनमा पाँच विकेट गुमाएको थियो र समस्यामा परेको थियो । तर दिनेश कार्तिक र शाहबाजले छैटौं विकेटका लागि ९७ रनको अटूट र बलियो साझेदारी गर्दै टोलीको स्कोर १८९ रनमा पुर्याएका थिए । कार्तिक ३४ बलमा ६६ रनमा अविजित रहे भने शाहबाजले २१ बलमा ३२ रन बनाए । दिल्लीका शार्दुल(अक्षर(खलिल र कुलदीपले समान एक–एक विकेट लिए ।