४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

गीत, सङ्गीतमार्फत स्थानीय तहको निर्वाचनको वातावरण बनाउँदै कलाकार

गीत, सङ्गीतमार्फत स्थानीय तहको निर्वाचनको वातावरण बनाउँदै कलाकार
अ+ अ-

काठमाडौँ ।

‘सुन्छु हल्ला फेरि पनि चुनाव आउँदैछ रे
लेखाजोखा राख्नुपर्छ आवश्यकता परे
अरु त के भनौँ, हाम्रालाई होइन,
राम्रालाई रोजौँ जनता आफैँ सचेत बनौ।।।’

यही वैशाख ३० गतेका लागि निर्धारण भएको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले प्रचार–प्रसार तीव्र पारेका छन् । नेपालको संविधान जारी भएपछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचन आफैँमा महत्वपूर्ण राष्ट्रिय अभियान पनि हो । त्यही राष्ट्रिय अभियानलाई केन्द्रमा राखेर गीत–सङ्गीतका माध्यमबाट पनि जनतालाई आकर्षित गर्ने क्रम सुरु भएको छ ।

निर्वाचन घोषणा भएपछि लोकप्रिय कलाकार बद्री पङ्गेनी, विष्णु खत्री, सागर बिरही, अस्मिता डल्लाकोटी र यामप्रसाद निहुरेलगायतको सहकार्यमा माथिको गीत सार्वजनिक गरिएको हो । सो गीतमा निर्वाचनमा हाम्रालाई नभई राम्रालाई रोजेर आफ्नो गाउँ ठाउँको विकासमा केन्द्रित हुन आह्वान गरिएको छ ।

गीतमा योग्य उम्मेदवारलाई मतदान गर्न अनुरोध मात्रै गरिएको छैन, ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ, आफैँ सचेत बनौँ’ भनेर मतदातालाई अनुरोधसमेत गरिएको छ । स्थानीय सरकार जनताको घरदैलोको सरकार पनि भएकाले योग्य र सक्षम उम्मेदवारलाई मतदान गरेमात्रै आफ्नो गाउँ ठाउँको विकास हुन्छ र समृद्धि आउँछ भन्ने चेतना गीत र सङ्गीतका माध्यमबाट फैलाउन खोजिएको छ ।

त्यसो त निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक सङ्गठन र मोर्चाहरूले पनि गीत–सङ्गीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले उत्कृष्ट चुनावी गीतको श्रव्य दृश्य सामग्री बनाउनेलाई रु दुई लाख ७५ हजार बराबरको पुरस्कार दिने घोषणा गरेको छ । कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा उत्कृष्ट गीत, सङ्गीत तयार पार्नेलाई पुरस्कारको घोषणा गरेको हो । उपसमितिका संयोजक डिबी गुरुङका अनुसार चुनावी प्रचारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस्तो प्रस्ताव अगाडि सारिएको हो ।

नेकपा (एमाले) ले पनि निर्वाचन केन्द्रित टिकटक बनाउनेलाई पुरस्कृत गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का तर्फबाट पनि चुनाव केन्द्रित श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको छ । गीत–सङ्गीतले धेरैले मन जित्न सकिने भएकाले नयाँ–नयाँ सिर्जना गरिएको माओवादीसम्वद्ध कलाकारको मत छ । लोकलयमा निर्वाचन केन्द्रित गीत सार्वजनिक गरिएको गायक चेतन गोतामेको भनाइ छ । कलाकार चेतन सापकोटाले पनि स्थानीय तहको निर्वाचन केन्द्रित गीत–सङ्गीत सार्वजनिक गर्नुभएको छ ।

गोतामेले स्थानीय निर्वाचनमा किन मतदान गर्ने भन्ने प्रश्नको उत्तर खोज्न मतदातालाई आग्रह गर्दै श्रव्य दृश्य सामग्री सार्वजनिक गर्नुभएको छ । यस्तै, अर्का कलाकार नवीन खड्का र टीका पुनले पनि निर्वाचन केन्द्रित श्रव्य दृश्य सामग्री सार्वजनिक गर्नुभएको छ । निर्वाचनलाई केन्द्रमा राखेर गायक खड्का र सूर्यकुमारी पुनको गीत पनि सार्वजनिक गर्नुभएको छ । माओवादीसम्वद्ध कलाकर्मीका तर्फबाट एक दर्जन बढी गीत–सङ्गीत निर्वाचनलाई नै केन्द्रमा राखेर सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले) सम्वद्ध कलाकारले पनि निर्वाचन केन्द्रित गीत–सङ्गीतको प्रयोग गरेका छन् । नवराज वली, कोमल वली, गोविन्द मधुर आचार्यलगायतले निर्वाचन सफल बनाउन सबै मतदाता लाग्नुपर्नेमा जोड दिँदै श्रव्य दृश्य सामग्री सार्वजनिक गर्नुभएको छ । माधव पण्डितको शब्दमा दिनेश श्रेष्ठ, भगवान् कार्की, सुमित्रा भट्टराईलगायतले पनि चुनावी गीत सार्वजनिक गर्नुभएको छ ।

नेपाली कांग्रेसको सांस्कृतिक सङ्घमा आवद्ध कलाकारले स्थानीय निर्वाचन केन्द्रित गीत–सङ्गीत सार्वजनिक गरेका छन् । लोकप्रिय गायक विमलराज क्षेत्री र प्रिती आलेलगायतले ‘रानी फुलैमा’ बोलको श्रव्य दृश्य सामग्रीमार्फत निर्वाचनको प्रचार–प्रसार गर्नुभएको छ ।

यसैगरी किरण भुजेल, अलिफ खान, सुयोग सापकोटालगायतले पनि निर्वाचन केन्द्रित गीत सार्वजनिक गर्नुभएको छ । राधिका हमाल र सुजन बराइलीको जोड पनि स्थानीय निर्वाचन सफल बनाउनेमा केन्द्रित छ ।

‘हामी आफैँ बनाउँछौँ, राम्रो हाम्रो देश’ बोलको गीत–सङ्गीतमार्फत नेकपा (एकीकृत समाजवादी)ले पनि स्थानीय निर्वाचन केन्द्रित श्रव्य दृश्य सामग्री प्रकाशित गरेको छ । अन्य राजनीतिक दल आवद्ध कलाकारले पनि आ–आफ्नै शैलीमा प्रचार–प्रसार सामग्री तयार पारेका छन् ।

निर्वाचन आयोगले गीत–सङ्गीत, नाटक एवं कलाका विभिन्न स्वरुप प्रयोग गरेर निर्वाचनको वातावरण बनाउन पाउने व्यवस्था गरेको भए पनि कोही कसैप्रति आक्षेप लगाउन भने नपाउने प्रबन्ध गरेको छ । स्थानीय तह निर्वाचन आरसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न÷नगराउन नहुने’ व्यवस्था गरेको छ ।

त्यस्तै ‘स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोका माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घण्टामा बढीमा दुईपटक मात्रै प्रसारण गराउन सक्ने’ व्यवस्था आचारसंहितामा गरिएको छ ।

कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यमबाट प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहने प्रावधान सञ्चारमाध्यमका हकमा समेत आकर्षित हुने गरी आचारसंहितामा समेटिएको छ ।

राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नअङ्कित जयाकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, मास्क, लकेट वा अन्य कुनै किमिसको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न नपाउने व्यवस्था गरेको छ । रासस