२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंको मुखमा यसरी हुँदैछ उपभोक्तामाथि ठगी



अ+ अ-

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रि–लेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेट लगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्य बराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रि–लेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ ।

विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू, सीतापाइला, क्षेत्रका विभिन्न गोदाममा म्याद सकिएका खाद्य सामग्री ठूलो परिमाणमा लुकाएर राखिएको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विभागका अधिकारीहरूले ६० लाख मूल्य बराबरका विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको थियो । अनुगमनका क्रममा ७ लाख बराबरका बिस्कुट, पास्ता, कुकिजको म्याद सकिएको पाइएपछि ती खाद्य वस्तु बरामद गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

त्यसरी म्याद सकिएको भए पनि व्यापारीहरूले रिलेबलिङ गरी ती खाद्यवस्तु बिक्री वितरणको तयारी गरेको पाइएपछि केही व्यक्तिहरूलाई पक्राउ समेत गरिएको विभागले जनाएको छ ।

त्यसरी मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी म्याद सकिएका खाद्य वस्तुहरू रिलेबलिङ गरी बिक्रीवितरण गर्नेलाई जरिवाना र जेल सजाय समेत हुने कानूनी प्रावधान रहेको छ । विशेषगरी चाडबाडको समयमा यसखालका अपराध शृंखला बढ्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

वाणिज्य विभागले कहिलेकाहीँ मात्रै अनुगमन गर्ने भएकाले पनि लुकीछिपी म्याद सकिएका वस्तुहरूमा रिलेबलिङ गरी बिक्री गर्ने क्रममा कमी आएको छैन ।

यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न वाणिज्य विभाग तथा जिल्ला प्रशासन कार्यालयबाट समेत नियमित रूपमा अनुगमन गर्न जरुरी रहेको उपभोक्ताकर्मीको माग छ । विभागकी कानून उपसचिव रञ्जु गौतमले विभागले दैनिक रूपमा नै ५/६ वटा टोली बनाएर अनुगमन गरिरहेको दाबी गरिन् । यस कार्यमा वाणिज्य विभाग, प्रशासन कार्यालय र स्थानीय तहबीच उचित समन्वय नहुँदा पनि रि–लेबलिङ गरी वस्तु बिक्रीवितरण गर्ने व्यापारी निरुत्साहित हुन नसकेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।