६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट
अ+ अ-

काठमाडौँ । यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ । नयाँ वर्ष सुरु भएसँगै वनभोज ९पिकनिक० जाने क्रम बढेको छ । बाह्य पर्यटक, सहकारी, सरकारी, निजी सङ्घसंस्था, विद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आर्कषक थलो बन्न थालेको छ ।

कोराना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसाय क्रमशः तङ्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायी, स्थानीय किसान, व्यापारी तथा सर्वसाधारण खुसी हुन थालेका छन् । नगरकोट आफैँमा आकर्षक पर्यटकस्थल पनि हो । उपत्यकामा गर्मी बढेसँगै पर्यटक नगरकोट आउने गर्छन् । एकरात नगरकोटमा बिताउने राजधानीवासीको पुरानै बानी रहेको पार्कसाइट प्रालिका सञ्चालक अध्यक्ष सुनिल ठकुरीले बताउनुभयो ।

त्यसो त यहाँ सङ्घीय राजधानीबाट मात्र होइन, काठमाडौं उपत्यका बाहिरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखाबाट समेत आन्तरिक पर्यटक वनभोजका लागि यहाँ आउने गर्छन् । रात बिताउन चहानेहरु होटल तथा रेष्टुराँमा बस्छन् भने रात बिताउन नचहानेहरु वनभोज गरेर रमाउने गर्छन् । झण्डै दुई वर्षसम्म सङ्कटमा परेको पर्यटन व्यवसायमा ऊर्जा थपिएसँग आर्थिक गतिविधि क्रमशः चलायमान बन्न थालेको छ ।

चागुनारायण (नगरकोट)की कृषक रामप्यारी तामाङ खुसी भएकी छिन् । कोरोना भाइरस सङ्क्रमणका कारण थलापरेको उहाँको प्राङ्गारिक खेतीले गति लिन थालेको छ । नगरकोट आसपासका होटल र वनभोजस्थलमा समयानुसारका कृषि उत्पादन बिक्री गरेर जीविकोपार्जन गर्ने ग्रामीण महिला हुन्, तामाङ । नगरकोटमा पर्यटकको चहलपहल बढ्न थालेपछि रामप्यारी मात्र होइन, अण्डा, कुखुरा, माछा तथा दुग्ध व्यवसायी पनि खुसी भएका छन् । पार्कसाइटले भने गाउँघरमा उत्पादन भएका स्वस्थकर खाद्यवस्तुबाट पर्यटकको चाहना मेटाउन लागि परेको छ । उक्त पार्कसाइटले पर्यटकको इच्छाअनुसार आफैँ भोज तयार पारेर उपलब्ध गरउने सम्भवतः निजीस्तरबाट सञ्चालित नेपालकै पहिलो वनभोजस्थल हो, पार्कसाइट ।

“आजकल प्रायः मानिस आ–आफ्नो काममा व्यस्थ छन् । व्यस्तताको सहजीकरणको लागि पार्कसाइटले पिकनिक तथा समूहगत कार्यक्रमलाई व्यवस्थित गर्ने जमर्को गरेको छ”, अध्यक्ष ठकुरीले भन्नुभयो, “यहाँका खानाका सौकिन ग्राहकले माग गर्न सक्ने सबैखाले खानेकुरा अब पार्कसाइटमा उपलब्ध हुन्छ ।” विशेषतः निम्न तथा मध्यम वर्गीय जनतालाई लक्षित गरी न्यून मूल्यमा भिन्न भिन्न समूह गरी एकै पटकमा करिब एक हजार ५०० सम्मलाई स्वादिष्ट स्थानीय परिकार खुवाउने लक्ष्य पार्कसाइटको रहेको उहाँको भनाइ छ ।

उपत्यकाभित्र भक्तपुरको कमलविनायक र बाहिर बनेपा सहरदेखि सजिलै सात–आठ किमीको दूरीमा नगरकोट पुग्न सकिन्छ । बनेपा नगरपालिकाको वडा नं १ मा रहेको उक्त वनभोजस्थल ४० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्क आर्कषक र मनमोहक देखिन्छ । वनभोजस्थलमा पानी, बत्ती, शौचालय, खेल मैदानको सुविधा छ ।

पार्क जङ्गलले घेरिएको एकान्त स्थानमा छ । सहरी भीडभाड र कोलाहालबाट टाढा, रमणीय मनोरम दृश्यावलोकन गर्दै आनन्ददायक वनभोज खान सकिने पार्कसाइटले चिया बगान, कृतिम झरनाको रमणीय दृश्य र बालबालिकालाई मनोरञ्जन दिने बालउद्यानको समेत व्यवस्था गरेको छ ।

विदेश नगई नेपालमै उदाहरणीय काम गर्ने सोचमा ठकुरीले पार्कसाइट वनभोजस्थल व्यवसाय सुरु गरेको छ । “स्वादिष्ट स्थानीय परिकारको टेस्ट बुझेकालाई त्यो नभई हुन्न”, उहाँले भन्नुभयो, “स्थानीय परिकारको स्वाद बुझेकाहरू यसको स्वादमा रमाउँछन् ।” स्वादिष्ट स्थानीय परिकारको स्वाद लिने पारखी यहाँ आउन थालेपछि अध्यक्ष ठकुरी उत्साहित भएका छन् ।