• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सरकारको भनाइ एकातिर छ, गराइ अर्कोतिरः प्रमुख प्रतिपक्षी कांग्रेस ★   नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छः अध्यक्ष ढकाल ★   प्रतिनिधिसभा बैठकः प्रमुख प्रतिपक्षीको अवरोध जारी, जेठ ३ गतेसम्मलाई स्थगित ★   प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध ★   सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा ★   काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध ★   अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी ★   हुम्लाका तीन बस्ती अन्धकारमा ★   तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण ★   भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा

भोलिसम्म गठबन्धनको टुङ्गो लाग्ने अध्यक्ष दाहालको दाबी



चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उहाँको भनाइ थियो ।