२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ‘जिम्बावे ए’सँग एक दिवसीय र टि–ट्वान्टी सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक दिवसीय खेल वैशाख २१ गते खेल्नेछ ।

तीन एक दिवसीय खेलिसकेपछि नेपालले फेरि जिम्बावे एसँग नै तीन टि ट्वान्टी खेल खेल्नेछ । नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नेछ । त्यसैको तयारी स्वरूप नेपालले अफ्रिकी राष्ट्र जिम्बावे ए टोलीसँग खेल्न लागेको हो ।