२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध एकजुट हुनुपर्छ: प्रचण्ड

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध एकजुट हुनुपर्छ: प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

शुक्रवार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच स्वागत गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरुका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताउनुभएको हो । गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मलाई के विश्वास छ भने केही समय पहिले अलिकति कन्फ्युजन थियो, भ्रम थियो माओवादीको बारेमा । तर अहिले गतसाल जतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो । प्रतिगामी षड्यन्त्र भयो । प्रतिक्रान्ति गर्ने षड्यन्त्र भयो । त्यसका विरुद्ध हामीले संघर्ष ग¥यौँ र हामी त्यसमा सफलता प्राप्त ग¥यौँ । त्यसैगरी यो देशका मधेशी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो । यसलाई उल्ट्याउन खोज्ने तत्वहरुका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट हुने प्रक्रियामा अगाडी बढेको मैले महशुस गरेको छु ।’

उहाँले देशलाई सामाजिक न्याय सहितको समतामुलक बनाउने अभियान माओवादीको रहेको पनि बताउनुभयो ।