• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न निर्वाचन नहुने, सबैको नाम जिल्लामा सिफारिस



कास्की । पोखरा महानगर प्रमुख उम्मेदवारका लागि नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ ।

तोकिएको भन्दा धेरै आकांक्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट मतदानबाटै उम्मेदवार तय गरिने गरी प्रक्रिया सुरु भएको थियो ।

अन्ततः सर्वसम्मत रुपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने निर्णय भएको महागर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

आकांक्षी पदका लागि उपल्लो कमिटी (जिल्ला)मा सम्पुर्ण उम्मेदवारहरु लाई सिफारिस गर्ने निर्णय भएको हो ।