• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

छ दिनमा छ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी



एजेन्सी । किभको कब्जाको लागि लडाई एक मोडमा पुगेको छ। ६४ किलोमिटर लामो रुसी सैन्य काफिले किभ बाहिर राखिएका छन्। यसैबीच, दक्षिण पूर्वबाट अर्को सैन्य काफिले बढेको खबर पनि आएको छ । पुटिनले किभ छोड्न नत्र मर्न तयार हुनुपर्ने चेतावनी दिएपछि यो सबै घटनाक्रम घटेको हो । 

रुसले युक्रेनको खर्सान सहरलाई घेरेको छ । खरसान सहरको सिमानामा रुसी सेना तैनाथ गरिएको खरसानका मेयरले जनाएका छन् ।

रुस–युक्रेन युद्धको बीचमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठूलो दाबी गरेका छन् । उनले युक्रेनी सेनाले ६ दिनमा ६ हजारभन्दा बढी रुसी सैनिक मारेको बताएका छन् ।

खार्किभमा हवाइजहाज अवतरण गरेपछि रुसी सेनाले आफ्नो आक्रमणलाई तीव्र पारेको छ । अस्पतालमा भएको हमलापछि खार्किभबाट अर्को ठूलो विस्फोटको खबर बाहिर आएको छ । यस हमलामा २१ जनाको मृत्यु भएको बताइएको छ भने ११२ जना घाइते भएका छन् ।