१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी दैलेखका जिल्ला सचिव खड्का एमाले प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमाले प्रवेश गरेका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा आयोजना गरिएको कार्यक्रमबीच खड्का एमाले प्रवेश गरेका हुन् ।

खड्काले २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको र उक्त जिम्मेवारी आजैबाट छोडी नेकपा एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

खड्कालाई नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतका नेताले उनलाई नेकपा एमालेमा स्वागत गरेका थिए ।