• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

अर्जुन दास हत्या प्रकरणः चार जना पक्राउ



धनगढी । कैलालीका अर्जुन दासको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । शुक्रबार महानगरीय अपराध महाशाखा टोलीले हत्या आरोपमा पक्राउ गरेका चार जनालाई सार्वजनिक गरेको हो ।

कैलालीमा घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा झन्डै तीन महिनापछि चार जनालाई प्रहरीले रुपन्देहीको सिदार्थनगर नगरपालिका–१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हत्या आरोपमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरालाई भारतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ । हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो । यस्तै, भण्डारीले भारतबाटै हत्यारा हौं पक्राउ गरेर देखा भन्दै भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए ।

पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेर रुखमा बाँधिएको अवस्थामा शव फेलापरेको थियो । स्थानीय अमरावती सामुदायिक वनको जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो ।