१ पुष २०८२, मंगलवार
,
Latest
पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले पोखरामा आन्तरिक प्रतिस्प्रर्धाबाट मेयर र उपमेयरको उम्मेदवार छान्दै



अ+ अ-

पोखरा । नेकपा एमाललेका १२ जना नेताले पोखरा महानगरपालिकाको मेयर दाबी गरेका छन् । यसै गरी उपमेयरमा ९ जनाले दाबी गरेका छन् । मेयर र उपमेयरमा आकांक्षी बढेपछि एमाले पोखराले आन्तरिक चुनावबाट उम्मेदबार तय गर्ने भएको छ । आन्तरिक चुनाबका लागि आकांक्षीहरुले उम्मेदबारी दर्ता गराएका छन् ।

मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्रा .डा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवन प्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पोखरा महानगर कमिटी १ सय १० सदस्यीय छ। उनिहरुले मतदान प्रक्रिया मार्फत पार्टीका तर्फबाट पोखराको मेयर र उपमेयरको उम्मेदबार चयन गर्नेछन् ।