११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देनलाई जिवित देवी कुमारी र पूर्व कुमारीहरुको आशिर्वाद (फोटो फिचर)



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा(का अध्यक्ष राजेन्द्र लिङ्देनले बसन्तपुर स्थित कुमारी घरमा नौ पूर्व कुमारीहरूबाट आशिर्वाद लिनु भएको छ ।

स्थानीय तहको निर्वाचनको लागि देश दौडमा रहनु भएका लिङ्देनले बैशाख १ गते नयाँ बर्षको अबसर पारेर बसन्तपुर स्थित कुमारी घरमा जिवित देवी कुमारी र जीवित सबै पूर्व कुमारीहरूको समेत एकसाथ दर्शन र आशिर्वाद लिनु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो “राजनीतिक दलको नेताले सम्भवतः पहिलोपटक बसन्तपुर स्थित कुमारी घरमा जिवित देवी कुमारी र जीवित सबै पूर्व कुमारीहरूको समेत एकसाथ दर्शन र आशिर्वाद लिने अवसर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्राप्त भएको छ ।”

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरौं भन्दै निर्वाचनको अभियानमा होभिएको बेला यो आर्शिबादले उत्साह थपेको श्रेष्ठले बताउनु भयो ।