२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देनलाई जिवित देवी कुमारी र पूर्व कुमारीहरुको आशिर्वाद (फोटो फिचर)



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा(का अध्यक्ष राजेन्द्र लिङ्देनले बसन्तपुर स्थित कुमारी घरमा नौ पूर्व कुमारीहरूबाट आशिर्वाद लिनु भएको छ ।

स्थानीय तहको निर्वाचनको लागि देश दौडमा रहनु भएका लिङ्देनले बैशाख १ गते नयाँ बर्षको अबसर पारेर बसन्तपुर स्थित कुमारी घरमा जिवित देवी कुमारी र जीवित सबै पूर्व कुमारीहरूको समेत एकसाथ दर्शन र आशिर्वाद लिनु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो “राजनीतिक दलको नेताले सम्भवतः पहिलोपटक बसन्तपुर स्थित कुमारी घरमा जिवित देवी कुमारी र जीवित सबै पूर्व कुमारीहरूको समेत एकसाथ दर्शन र आशिर्वाद लिने अवसर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्राप्त भएको छ ।”

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरौं भन्दै निर्वाचनको अभियानमा होभिएको बेला यो आर्शिबादले उत्साह थपेको श्रेष्ठले बताउनु भयो ।