९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिवाइसी नेपालको आइपिओको बिक्री खुला



अ+ अ-

काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । साथै निष्काशन गरिएको शेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।