• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

विश्व स्काउटको ‘मेधावी योगदान’ बाट पूर्वप्रधानमन्त्री ओली सम्मानित



काठमाडौ । विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभूषित गरेको छ ।

स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको हो । विहीबार काठमाडौंमा आयोजित एक विशेष सुशभोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित गर्नु भएको हो । विशेष सुशभोभन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको हितमा युवा स्वयमसेवक परिचालनको निर्धारण गरी नेपाल स्काउटको विकासमा योगदान गरेकाले सम्मान गरिएको बताउनु भयो ।

उहाँले मुलुक समृद्ध नेपाल सुखी नेपाली अभियानमा सक्रिय रुपमा लागेकाले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा स्काउटरहरुले महात्वपूर्ण योगदान पु¥याउन जरुरी रहेको बताउनु भयो । राष्ट्रपति भण्डारीले नेपाली युवा र बालबालिकाहरुलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी नागरिक बढाउनको लागि विशेष कार्यक्रम दजूमा गरि कार्यान्वयन गर्नु नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने अपेक्षा लिएको बताउनु भयो । उहाँले भन्नुभयो ,‘मुलुकको हितमा युवा स्वयमसेवक परिचालनको निर्धारण गरी नेपाल स्काउटको विकासमा योगदान गरेकाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान गरको भन्ने लागेको छ ।

नेतृत्व विकासको लागि बालबालिकासँग प्रधानमन्त्री जस्तो कार्यक्रम गर्ने स्काउटका क्रियाकलाप सक्रिय सहभागि भइ प्रेरणा प्रधान गर्ने उहाँको भूमिकाका कारण सम्मानित हुनु भएको छ । उहाँलाई बधाई दिन चाहान्छु । मुलुक समृद्ध नेपाली सुखी नेपाली अभियानमा सक्रिय रुपमा लागि रहेको अवस्थामा स्काउटरहरुले महात्वपूर्ण योगदान पु¥याउन जरुरी छ । नेपाली युवा र बालबालिकाहरुलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी नागरिक बढाउनको लागि विशेष कार्यक्रम दजूमा गरि कार्यान्वयन गर्नु पर्छ । यस प्रक्रियामा नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने छ भन्ने अपेक्षा लिएको छु ।’

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्काउटलाई अगाडि बढाउनको लागि हैसला र प्रेरणा दिने काममा अरुलाई पनि प्रोत्साहन मिलोस् भन्नको लागि ‘मेधावी योगदान’उच्च पदक ग्रहण गरेको बताउनु भयो । उहाँले विद्यार्थी जीवन देखि जीवन अनुशासित कर्तव्य परायन र मानविय भावना सहितको विश्वका मानव जातीका लागि सुन्दर समाज आवश्यक रहेको बताउनु भयो । ओलीले विश्वका मानव जातीका लागि सुन्दर समाज आवश्यक देखर नेपाल स्काउटसँग निकट सम्बन्ध भएको बताउनु भयो । उहाँले नेपाल स्काउट अन्तर्राष्ट्रिय स्तरमा नै एउटा उदाहरणीय संगठनको रुपमा अगाडि बढेको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ पुरस्कार मैले पाउने पर्ने थियो वा पर्ने थिएन्। मैले लिन आवश्यक थियो की थिएन भन्ने कुरा भन्दा यसबाट स्काउटलाई अगाडि बढाउनको लागि हैसला र प्रेरणा दिने काममा अरुलाई पनि प्रोत्साहन मिलोस भन्नका लागि मैले यो अवाड ग्रहण गरेको हुँ । मलाई जहिले पनि जीवन अनुशासित हुनुपर्छ । कर्तव्य परायन हुनुपर्छ । मानविय भावना सहितको जीवन हुनुपर्छ ।मानव जातीका लागि र विश्वका मानव जातीका लागि सुन्दर समाज आवश्यक रहेको छ । हुनुपर्छ भन्ने संधैव लाग्दै आयो । त्यही अनुसार नेपाल स्काउटसँग निकट सम्बन्ध रहि आयो । मौका मिलेको थिएन , जब मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पाए त्यसपछि नेपाल स्काउटलाई सगठित गरेर अगाडि बढन हैसला प्रधान गर्न हात अगाडि बढाए । नेपाल स्काउट अन्तर्राष्ट्रिय स्तरमा नै एउटा उदाहरणीय संगठनको रुपमा अगाडि बढेको छ ।’

प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो । विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् भने विश्वमा हालसम्म ११ जना यो पदकबाट विभूषित भएका छन् ।