२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्काउटको ‘मेधावी योगदान’ बाट पूर्वप्रधानमन्त्री ओली सम्मानित



अ+ अ-

काठमाडौ । विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभूषित गरेको छ ।

स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको हो । विहीबार काठमाडौंमा आयोजित एक विशेष सुशभोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित गर्नु भएको हो । विशेष सुशभोभन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको हितमा युवा स्वयमसेवक परिचालनको निर्धारण गरी नेपाल स्काउटको विकासमा योगदान गरेकाले सम्मान गरिएको बताउनु भयो ।

उहाँले मुलुक समृद्ध नेपाल सुखी नेपाली अभियानमा सक्रिय रुपमा लागेकाले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा स्काउटरहरुले महात्वपूर्ण योगदान पु¥याउन जरुरी रहेको बताउनु भयो । राष्ट्रपति भण्डारीले नेपाली युवा र बालबालिकाहरुलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी नागरिक बढाउनको लागि विशेष कार्यक्रम दजूमा गरि कार्यान्वयन गर्नु नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने अपेक्षा लिएको बताउनु भयो । उहाँले भन्नुभयो ,‘मुलुकको हितमा युवा स्वयमसेवक परिचालनको निर्धारण गरी नेपाल स्काउटको विकासमा योगदान गरेकाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान गरको भन्ने लागेको छ ।

नेतृत्व विकासको लागि बालबालिकासँग प्रधानमन्त्री जस्तो कार्यक्रम गर्ने स्काउटका क्रियाकलाप सक्रिय सहभागि भइ प्रेरणा प्रधान गर्ने उहाँको भूमिकाका कारण सम्मानित हुनु भएको छ । उहाँलाई बधाई दिन चाहान्छु । मुलुक समृद्ध नेपाली सुखी नेपाली अभियानमा सक्रिय रुपमा लागि रहेको अवस्थामा स्काउटरहरुले महात्वपूर्ण योगदान पु¥याउन जरुरी छ । नेपाली युवा र बालबालिकाहरुलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी नागरिक बढाउनको लागि विशेष कार्यक्रम दजूमा गरि कार्यान्वयन गर्नु पर्छ । यस प्रक्रियामा नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने छ भन्ने अपेक्षा लिएको छु ।’

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्काउटलाई अगाडि बढाउनको लागि हैसला र प्रेरणा दिने काममा अरुलाई पनि प्रोत्साहन मिलोस् भन्नको लागि ‘मेधावी योगदान’उच्च पदक ग्रहण गरेको बताउनु भयो । उहाँले विद्यार्थी जीवन देखि जीवन अनुशासित कर्तव्य परायन र मानविय भावना सहितको विश्वका मानव जातीका लागि सुन्दर समाज आवश्यक रहेको बताउनु भयो । ओलीले विश्वका मानव जातीका लागि सुन्दर समाज आवश्यक देखर नेपाल स्काउटसँग निकट सम्बन्ध भएको बताउनु भयो । उहाँले नेपाल स्काउट अन्तर्राष्ट्रिय स्तरमा नै एउटा उदाहरणीय संगठनको रुपमा अगाडि बढेको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ पुरस्कार मैले पाउने पर्ने थियो वा पर्ने थिएन्। मैले लिन आवश्यक थियो की थिएन भन्ने कुरा भन्दा यसबाट स्काउटलाई अगाडि बढाउनको लागि हैसला र प्रेरणा दिने काममा अरुलाई पनि प्रोत्साहन मिलोस भन्नका लागि मैले यो अवाड ग्रहण गरेको हुँ । मलाई जहिले पनि जीवन अनुशासित हुनुपर्छ । कर्तव्य परायन हुनुपर्छ । मानविय भावना सहितको जीवन हुनुपर्छ ।मानव जातीका लागि र विश्वका मानव जातीका लागि सुन्दर समाज आवश्यक रहेको छ । हुनुपर्छ भन्ने संधैव लाग्दै आयो । त्यही अनुसार नेपाल स्काउटसँग निकट सम्बन्ध रहि आयो । मौका मिलेको थिएन , जब मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पाए त्यसपछि नेपाल स्काउटलाई सगठित गरेर अगाडि बढन हैसला प्रधान गर्न हात अगाडि बढाए । नेपाल स्काउट अन्तर्राष्ट्रिय स्तरमा नै एउटा उदाहरणीय संगठनको रुपमा अगाडि बढेको छ ।’

प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो । विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् भने विश्वमा हालसम्म ११ जना यो पदकबाट विभूषित भएका छन् ।




भर्खरै