२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा : शालिग्राम शर्मा पौडेल

स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा : शालिग्राम शर्मा पौडेल
file
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरुप्रति आयोगको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्र मध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको र हाल दैनिक ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको र उक्त निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने बताउनु भयो । उहाँले निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन बिहीवार (आज) बाट हरेक दिन स्थानीय तह निर्वाचन इ बुलेटिन प्रकाशन शुरु गर्ने बताउनु भयो । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुने पनि उहाँले बताउनु भयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका इमान्दार नेता एवं कार्यकर्ताबाट आएको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ । निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ । हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको छ । ती संस्थाबाट प्रश्तावित पर्यवेक्षकको संख्या २० हजार ४ सय ६७ रहेकोमा पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना हुनुहुन्छ । उक्त निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्नेछ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन आजैदेखि हरेक दिन स्थानीय तह निर्वाचन इ बुलेटिन प्रकाशन शुरु गर्र्दैछ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने विश्वास लिइएको छ ।

मिति २०७८ चैत्र ३० गते स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको छ । यस्तै प्रशिक्षण कार्यक्रम जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुँदैछ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्र र आवश्यक सामग्री उपलब्ध गराइनेछ ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वस्त र निष्पक्ष, विशवसनीय र भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहीताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले गत चैत्र २९ गते प्रदेश एकको विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिडिया अभिमुखीकरणमा मान्य प्रमुख निर्वाचन आयुक्त, मान्य निर्वाचन आयुक्त तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी एवं प्रतिनिधि सहभागी हुुनुहुन्थ्यो । कार्यक्रम महासंघ र काउन्सिलको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको र जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने बताउनु भयो । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्र र आवश्यक सामग्री उपलब्ध गराइने पनि उहाँले बताउनु भयो । त्यस्तै आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वस्त र निष्पक्ष, विशवसनीय र भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहीताको कार्यान्वयनमा योगदान पुर्‍याउने हेतुले गत चैत्र २९ गते प्रदेश एकको विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ ।