४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो

निर्वाचनको बारेमा शंका नगर्न आयोगको आग्रह

निर्वाचनको बारेमा शंका नगर्न आयोगको आग्रह
अ+ अ-

काठमाडौ । निर्वाचन आयोग नेपालले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरुप्रति आयोगको ध्यानाकर्षण भएको बताउनु भयो ।

उहाँले आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको र हाल दैनिक ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको र उक्त निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने बताउनु भयो । उहाँले निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन बिहीवार (आज) बाट हरेक दिन स्थानीय तह निर्वाचन इ बुलेटिन प्रकाशन शुरु गर्ने बताउनु भयो । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुने पनि उहाँले बताउनु भयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका इमान्दार नेता एवं कार्यकर्ताबाट आएको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ ।

निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ । हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको छ । ती संस्थाबाट प्रश्तावित पर्यवेक्षकको संख्या २० हजार ४ सय ६७ रहेकोमा पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना हुनुहुन्छ । उक्त निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्नेछ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन आजैदेखि हरेक दिन स्थानीय तह निर्वाचन इ बुलेटिन प्रकाशन शुरु गर्र्दैछ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने विश्वास लिइएको छ ।

मिति २०७८ चैत्र ३० गते स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको छ । यस्तै प्रशिक्षण कार्यक्रम जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुँदैछ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्र र आवश्यक सामग्री उपलब्ध गराइनेछ ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वस्त र निष्पक्ष, विशवसनीय र भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहीताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले गत चैत्र २९ गते प्रदेश एकको विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिडिया अभिमुखीकरणमा मान्य प्रमुख निर्वाचन आयुक्त, मान्य निर्वाचन आयुक्त तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी एवं प्रतिनिधि सहभागी हुुनुहुन्थ्यो । कार्यक्रम महासंघ र काउन्सिलको सहकार्यमा सम्पन्न भएको थियो ।’

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको र जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने बताउनु भयो । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरुलाई नियुक्ति पत्र र आवश्यक सामग्री उपलब्ध गराइने पनि उहाँले बताउनु भयो । त्यस्तै आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वस्त र निष्पक्ष, विशवसनीय र भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहीताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले गत चैत्र २९ गते प्रदेश एकको विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ ।