• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु



(सांकेतिक तस्बिर)

कलैया । भरुवा बन्दुक पड्किर गएराति बारामा एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए । उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो । उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज बिहान स्कर्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईँ रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम लोक राजमार्ग सडकखण्डको आधाभार जङ्गलमा सिमराबाट हेटौँडातर्फ जाँदै गरेको बा१९च ४३७७ नंको स्कर्पियो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । अन्य १३ जनामध्ये एक जना गम्भीर घाइते छन् भने बाँकी सबै समान्य रहेको र उनीहरुको वीरगञ्ज, सिमराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।