२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

भुँइमा खसेको टिप्छु भन्दै गर्दा पोल्टाको पोखिने भयो: गगन थापा

भुँइमा खसेको टिप्छु भन्दै गर्दा पोल्टाको पोखिने भयो: गगन थापा
फाईल फोटो
अ अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानिय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताउनुभएको छ ।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताउनुभएको हो । उहाँले गठबन्धनका दलहरुका बिचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै दलहरुका बिचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफु निर्वाचन लड्ने बताउनुभएको हो । स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उहाँले उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले व्यक्तिगत रुपमा आफु तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको पनि बताउनुभयो । उहाँले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छदै छैन । चुनाव अगाडी गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो । मत राखेँ । तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडी पार्टीको त्यो निर्णयलाई मानेको छु । मान्नुपर्छ । पार्टीमा आवद्ध भइसकेपछि परिवार भन्याजस्तै हो यो । परिवारमा बुबा, आमा, छोरा, छोरी, श्रीमान, श्रीमती हुँदै गर्दा यता घुम्न जाउँ भन्ने मत हुन्छ । यो वर्ष यसमा खर्च गरौँ भन्ने मत हुन्छ । आफ्नो मतमा अरुलाई मनाउने कोसिस गर्छौ । मानेनौ भने कहिलेकाहीँ परिवारको एउटा निर्णयलाई हामी मानेर हिड्छौँ । पार्टीको सन्दर्भमा पनि यही कुरा हुने हो । तर मलाई यो भनिरहँदै गर्दा पनि फेरीपनि के लाग्छ भने हामीले यसका बारेमा, नेपालको लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भनेर यो विषयका बारेमा एउटा उचित समयमा छलफल गर्नैपर्छ । बहश गर्नैपर्छ भन्ने लाग्छ । गठबन्धनमा रहेका दलहरुका बिचमा देशैभरी अहिले छलफल चलिरहेको छ । छलफल चल्छ । छलफल चल्दै गर्दाखेरी कुराकानी मिल्यो तालमेल हुन्छ । कुराकानी मिलेन, तालमेल हुँदैन । कुराकानी मिलेन भनेदेखि आ–आफु लड्न पाइन्छ । लड्न पाउनुपर्छ । स्थानीय पार्टीका नेताहरुले ठिक छ भनेर भन्नुभयो हुन्छ । यहाँका साथीहरुले हुँदैन भनेर भन्दैगर्दा त्यो भन्दा माथिकोले तालमेल गर्नुपर्छ भनेर थोपर्न पाउँदैन । त्यो थोपरेको कुरालाई तल कसैले मान्दा पनि मान्दैन । किनभने हामीले अहिले भुँइमा खसेको टिप्छु भन्दैगर्दा पोल्टाको पोखिने डर हुन्छ । हामीले पहिले आफ्नो घर सम्हाल्नुपर्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उहाँको भनाई छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उहाँले बताउनुभयो ।