• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु ★   चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द ★   सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास ★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर

विश्व ध्वजासहितको लिङ्गो मध्यरातिसम्म पनि उठेन



भक्तपुर । प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आज बिहानसम्म पनि उठेको छैन ।

चैत मसान्तका दिन नै उठाउनुपर्ने लिङ्गो उठाउन गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिङ्खेलमा पु¥याइएपछि स्थानीयले बुधबार साँझबाट नै उठाउने अथक प्रयास गरिए पनि लिङ्गो आज बिहानसम्म पनि उठ्न नसकिएको बाबुरत्न द्यौलाले जानकारी दिनुभयो । लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी उठाउने मसान्तको दिन नै उठाउने प्रचलन छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो0 मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले वरिपरिबाट तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ । त्यही आठ डोरीले आठ कुनामा बसेर लिङ्गो उठाउने गरिन्छ ।

यस वर्ष गुठी संस्थानले कमसल डोरी ल्याएपछि चार डोरी चुँडिएको र चार डोरीको भरमा लिङ्गो उठाउन खोज्दा नसकेपछि आज बिहानलाई छाडिएको जात्रा सञ्चालन गर्ने गुठीको गुनासो छ ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । आज बिहानैदेखि लिङ्गो उठाउने ठाउँमा पूजा तथा दर्शन गर्नेको भीड लागेको छ । दर्शन गर्नेको भीड नसकिएसम्म लिङ्गो उठाइँदैन । भीड कम भएपछि लिङ्गो उठाइने बताइएको छ ।

आज दिनभरि ल्यासिङ्खेलमा लिङ्गो जात्रा हेर्न आउनेको भीड लाग्ने गर्दछ । दिउँसो उपत्यकाका विभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको भीड लाग्ने गर्दछ । आज बिहान हनुमानघाटस्थित चुपनघाटमा स्नान गर्नेको भीड लागेको छ । चुपिन घाटमा स्नान गर्ने, मुख धोएर ल्याङ्खिेलमा लिङ्गो उठाउने ठाउँमा गएर पूजा तथा दर्शन गरे पूण्य प्राप्त हुने मान्यताअनुसार दर्शन तथा पूजा गर्नेको भीड लागेको हो ।

बिस्केट जात्राका अवसरमा बुधबार बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले हात नभएको लिङ्गो उठाएका छन् । त्यस्तै मध्यपुरथिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले बुधबार नै लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ । रासस